२४ श्रावण २०८३, आइतबार | August 9, 2026

उप-महानगर भित्रको दुर्गम गाँउ थपुवामा स्वास्थ्य शिविर, १ सय ९६ जनाले सेवा लिए



नेपालगन्ज । नेपालगन्ज उप महानगरपालिका वडा नम्बर २० नयाँबस्ति थपुवामा निशुल्क प्राथमिक स्वास्थ्य उपचार शिविर सन्चालन गरिएको छ । लाइफलाइन जनरल हस्पिटल नेपालगन्जको प्राविधिक सहयोगमा छाना कृषि सहकारी संस्था लिमिटेडले प्राथमिक उपचार शिविर सन्चालन गरिएको हो ।

शिविरबाट १ सय ९६ जनाले सेवा लिएका छन । कृषि सहकारीका आफ्ना सदस्य लगायत स्थानीयहरुलाई सेवा प्रदान गरिएको थियो । शिविरमा लाइफलाइन जनरल हस्पिटल नेपालगन्जका जनरल फिजिसियन डा. पारस श्रेष्ठ र क्रिष्टिना नामोक श्रेष्ठले सेवा दिएका स्वास्थ्य परिक्षण गरेका थिए ।

सेवालिन आएका सेवाग्राहीले सहकारी र लाइफलाइन जनरल हस्पिटलका कारण आफुहरुले घरदैलो मै स्वास्थ्य सेवा लिन पाएको भन्दै खुसि व्यक्त गरे । वडा नम्बर २० मा पनि विकट मानिने थपुवा क्षेत्रमा गरिएको स्वास्थ्य शिविरमा सेवा लिन आउनेहरुमा ढाडदुख्ने, सुगर प्रेसर, छाला तथा पाठेघर सम्बन्धि समस्या, नाक कान घाटीमा समस्या भएका विरामिहरु रहेको छाना कृषि सहकारी संस्थाका अध्यक्ष अनिता भण्डारीले जानकारी दिइन् ।

वडा नम्बर २० का वडाध्यक्ष कौशल धोविले गाउँमा बस्ने विपन्न वर्गमा ठुलै समस्या नपर्दा सम्म स्वास्थ्य चेकजाच गर्ने, अस्पताल जाने प्रचलन कम भएकाले सिविर मार्फत स्वास्थ्य चेकजाचँ गर्दा सहज बनेको उल्लेख गरे ।

भेरी अस्पतालमा डायलासिस विभाग प्रमुख समेत रहेका फिजिसियन डा. पारस श्रेष्ठले पाठेघर सम्बन्धि समस्या भएका विरामी, नाक, कान, घाटी सम्बन्धि समस्या भएकाहरुलाई अस्पतालमा रिफर गरिएको बताए । अन्य सामान्य समस्या भएकाहरुलाई लाइफलाइन हस्पिटलले औषधि समेत निशुल्क वितरण गरेको थियो । शिविरमा सुगर प्रेसर पनि परिक्षण गरिएको ड. श्रेष्ठले जनाए ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ९ : १६ बजे

बढ्दै ग्यासको आयात, बिस्तारै हट्दै अभाव

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला

बुटवल । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा

सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक प्रतितोला ३ लाख

विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात्

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार