२४ श्रावण २०८३, आइतबार | August 9, 2026

एमाले स्वास्थ्य तथा जनसंख्या विभागद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर



बुटवल । स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले शुक्रबार जिल्ला मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । आधारभूत स्वास्थ्यको पहुँचमा नरहेका जिल्लाको दक्षिणी क्षेत्रका जनतालाई लक्षित गरी समरीमाईको पिपरिवरवाँसी आधारभूत विद्यालयमा हेल्थ क्याम्प गरेको हो ।

देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्ष्टिच्यूट भलूहीको प्राविधिक सहयोगमा गरिएको शिविरको नेकपा एमालेका केन्द्रीय सदस्य कमल गौतमले उद्घाटन गरे ।

अवसरमा बोल्दै मजदुर नेता समेत रहेको गौतमले जनताको पहिलो प्राथामिकतामा राज्यले स्वास्थ्य क्षेत्रलाई राख्नुपर्ने बताए । उनले राज्यले गर्नुपर्ने काम स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले गरेकोमा संगठनलाई धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा फिजिसियन, हाडजोर्नी, महिला रोगको जाँच गरी औषधि पनि वितरण गरिएको थियो । शिविरबाट झण्डै ६०० विरामी सेवा लिएको स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीका अध्यक्ष तथा जिल्ला कमिटी सचिवालय सदस्य सुनील श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले आफूहरुको चाहना जनतालाई स्वास्थ्यप्रति सचेत गराउने उपचारको पहुँचमा ल्याउने रहेको बताए । सो अवसरमा निःशुल्क औषधि समेत विरतण गरिएको थियो ।
सो अवसरमा एमाले प्रदेश कमिटी सदस्य कमलेश यादव, उपसचिव हितराज पन्थी, सम्मरीमाई गाउँपालिकाका अध्इक्ष बिनोदकुमार श्रीवास्तव लगायतले बोलेका थिए ।

स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीका अध्यक्ष सुनील श्रेष्ठको अध्यक्षता तथा सचिव केदार नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा विभिन्न पार्टीका नेता र जनताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ११ : ४२ बजे

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको

बढ्दै ग्यासको आयात, बिस्तारै हट्दै अभाव

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला

बुटवल । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा

सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक प्रतितोला ३ लाख

विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात्