५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

तिलोत्तमा वडा नं ५ का स्थानीयलाई केन सेन्टरबाट नि:शुल्क मधुमेह र मिर्गौला सम्बन्धी जाँच



बुटवल । स्वस्थ मानिस , स्वस्थ्य परिवार अनि मात्र स्वस्थ समाज भनेर मधुमेह र मिर्गौला सम्बन्धी अभियान चलाउदै आएको केन सेन्टरले आफ्नो नि:शुल्क मधुमेह र मृगौंला जाँच अभियानलाई निरन्तरता दिएको छ । केन सेन्टरले तिलोत्तमा नगरपालिकाका वडा नम्बर ५ को समन्वयमा तिलोत्तमा ५ मा दुई दिने नि:शुल्क मधुमेह, मृगौला शिविर तथा परामर्श कार्यक्रम गरेको हो ।

शिविरको आरम्भ गर्दै तिलोत्तमा वडा नं ५ का वडाअध्यक्ष रमेश डुम्रेले आफनो वडाबासीहरुलाई विशेषज्ञ केन्द्रसंग आवद्ध भई सहि परामर्श र ब्यवस्थापनका विधिहरु दिन पाउदा गर्व लागेको बताए । समयमा नै स्वस्थ्य स्थितिबारे जानकारी दिने र बेलामै उपचार भए बिरामीलाई धेरै आर्थिक खर्च नहुने हुँदा यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको उनले बताए ।

वडा कार्यालय परिसरमा गरिएको शिविरमा ४ सय ६ जनाको नमुना परिक्षण गरिएको केन सेन्टरका ल्याब प्राविधिक पुजा रिजालले बताइन । उक्त परिक्षणको क्रममा ११ प्रतिशतमा मधुमेहको समस्या, ६ प्रतिशत मृर्गौलामा प्रारम्भिक समस्या देखिएको उनले बताईन । शिविरमा जाँच गरिएका बिरामीहरुलाई सोमबारबाट चार दिनसम्म बिशेष परामर्श दिने थालिएको पनि उनले जानकारी दिइन् ।

अहिलेको आधुनिक जीवनशैलीले मधुमेह र मृर्गौलाको समस्या बढ्दै गएको र बेलैमा रोगबारे निदान उपचार र ब्यवस्थापन नभएपछि स्वस्थ्य समस्या बढ्ने केनका अध्यक्ष दिनेश कक्षपतिले बताए । प्राय बिरामीहरु उपचारका लागि काठमाण्डौ वा भारत जानुपर्ने बाध्यतालाई रोक्ने गरि केनबाट सेवा दिदै आएको उनले बताए ।

 

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १२ : ३७ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन