१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी



बुटवल । साविक पश्चिमाञ्चल क्षेत्रकै जेठो र लुम्बिनी प्रदेशकै सबैभन्दा धेरै विद्यार्थी भएको ठूलो क्याम्पस बुटवल बहुमुखी क्याम्पसमा भएको स्ववियू निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुले आफ्नो बिरासत कायम राखेको छ ।

कुल ७ हजार ११० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६ सय ८१ मत खसेको थियो । जसमा अनेरास्ववियुका प्यानल नै विजयी भएका हुन ।

सोमबार सार्वजनिक अन्तिम मत परिणामअनुसार अखिलका एमसीले १ हजार २१४ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी माओवादी निकट अखिल क्रान्तिकारीका शिवबहादुर खवासले ६३५ र कांग्रेसनिकट नेविसंघका कांग्रेस निकट नेपाल विद्यार्थी संघ ९नेविसंघ०का सागर पौडेलले ४७४ मत ल्याए ।

त्यसैगरी सचिव पदमा अनेरास्वियुका नीलकण्ठ पाण्डेय, कोषाध्यक्ष पदमा अनेरास्ववियुका शशांक बस्याल निकटतम् प्रतिस्पर्धीभन्दा धेरै मतान्तरले विजयी भएका छन् ।

यस्तै सदस्य पदमा पनि अनेरास्ववियुका नविन खनाल, सूचना भण्डारी, सुनिल कार्की, भूकम्प अर्याल, विमलकुमार पासी, सागर एमसी र प्रज्वल बस्नेत फराकिलो मतान्तरले विजयी भएको भएका छन् ।

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुले ०४९ सालदेखि जित्दै आएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १२ : ४५ बजे

देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का युवाको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा

जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित आसपासका क्षेत्रमा अनिश्चितकालीन

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पदमै निरन्तरता पाउने

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था

सुनसरी जस्ता घटना हुन नदिन प्रभावकारी कार्य गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा