२२ मंसिर २०८२, सोमबार | December 8, 2025

गठबन्धन हाम्रो बाध्यता हो, संसद् जोगाउन यसअघि हामीले विश्वासको मत दिएका थियौं : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै दलको पनि संसदमा बहुमत आउने अवस्था नभएपछि गठबन्धनको आत्मसाथ गर्नुपरेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत मागेपछि बोल्दै उनले भने, ‘हामी गठबन्धनको संस्कारमा जानुको विकल्प छैन । राजनीति गठबन्धनहरु अस्थिरता ल्याउने र क्षणिक स्वार्थको लागि मात्रै हुनु हुँदैन । देश र जनताको पक्षमा गठबन्धन केन्द्रित हुन आवश्यक छ ।’

मुलुकको राजनीतिक सुनिश्चिता नै आवश्यक भएकाले कांग्रेसले यसअघि पनि विश्वासको मत दिएको बताए ।

उनले भने, ‘हामी संसदमा प्रमुख प्रतिपक्षको रुपमा रहेर पनि प्रधानमन्त्रीको प्रस्तावको पक्षमा मतदान गरेका थियौं । त्यो राजनीतिक स्थिरताको लागि थियोस । मैले सुरुमै भनेको थिए संसदको सुरुमा नै संसदमा अस्थिरताको आवाज उठ्न थालेका छन् । संसद अन्योलता र देश अनिश्चितातर्फ जाने सम्भावना बढेको छ । हामीले संसदको पुर्ण कार्यकालको सुनिश्चिताको लागि प्रधानमन्त्रीको प्रस्तावमा मतदान गरेका थियौं ।’

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  २ : ४७ बजे

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

बागलुङ । बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ

काठमाडौंको सिनामंगलमा असई बाबुले गरे चार महिने छोराको हत्या

काठमाडौं । काठमाडौंको सिनामंगलमा पारिवारिक विवादकाबीच एक असईले आफ्नै चार

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव

पृथ्वीराजमार्गको नागढुङ्गा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

मलेखु । नागढुङ्गा-मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द