२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

प्रधानमन्त्री प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : पुस १० गते त्यो सहयात्राका लागि किन सहमत हुनुभयो ?



काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने बताएका छन् ।

उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कुनै आधार र कारण नदेखिएको बताएका हुन् । आजको प्रतिनिधिसभा बैठकमा उनले एमालेले मात्रै नभएर अरु दलले पनि विश्वासको मत दिने आधार र कारण नभएको बताए ।

उनले भने, ‘जसरी उहाँले विश्वासको मत मागिरहनुभएको छ । उहाँलाई विश्वासको मत दिन कुनै आधार र कारण देखिएन । एमालेले मात्र होइन सिङ्गो सदन विपक्षमा दृढतापूर्वक उभियोस् ।’

पौडेलले चुनावी नतिजापछि आफूहरू प्रतिपक्षको भूमिकामा रहने तयारीमा रहेको बताए । तर, तत्कालीन गठबन्धनले सरकार दिन नसकेपछि प्रचण्डले एमालेसहितका दलसँग समर्थन मागेपछि सशर्त समर्थन दिएको बताए ।

उनले प्रचण्डलाई त्यति बेला निःसन्देह जनता, राष्ट्रियता लोकतन्त्र र संविधानको पक्षमा उभिनुपर्ने सर्त राखेर समर्थन गरेको बताए । त्यस्तै अर्थतन्त्र लगायतका विषयहरू सुधार्ने गरी न्यूनतम साझा कार्यक्रम बनाइएको बताए ।

तर, प्रधानमन्त्रीले पछि पुरानै गठबन्धनमा फर्किएको उनको भनाइ छ । पौडेलले पुरानै गठबन्धनमा फर्किनका लागि पुस १० गते किन सहमति गर्न तयार भएको भन्दै प्रश्न गरे ।

पौडेलले भने, ‘प्रधानमन्त्रीलाई सोध्न चाहन्छु । के त्यस्तो कारण पर्‍यो । त्यो सहयात्राबाट यो सहयात्रामा फर्किनुपर्‍यो ? यही सहयात्रामा जानु थियो भने पुस १० गते किन त्यो सहमतिमा पुग्नुपर्‍यो ? हिजो सरकारको नेतृत्व गर्न, प्रधानमन्त्री बन्न एमाले चाहिने । दुई महिना पनि नपुग्दै । प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गर्न साथै पुरानै गठबन्धनमा फर्किनुहुन्थ्यो भन्ने घटनाक्रमले पुष्टि गर्छ ।’

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  २ : ५८ बजे

प्रहरी हवल्दारमाथि धारिलो हतियार प्रहार

नेपालगन्ज । विद्यालयको जग्गा अतिक्रमण हटाउन गएको टोलिका एक प्रहरी

प्रधानमन्त्रीको सीमासम्बन्धी धारणा ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले यही जेठ

करको दर हेरफेर ‘राजद्रोह सरह’ हो : निश्कल राई

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले आर्थिक विधेयकमा करका

रोल्पामा मिनी ट्रक दुर्घटना, एकको घटनास्थलमै मृत्यु

दाङ । रोल्पामा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा एक

निर्धक्क भएर सम्पत्तिको स्रोत देखाउनुस् : छानबिन आयोग अध्यक्ष भण्डारी

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने दायरामा रहेका