७ भदौ २०८३, आइतबार | August 23, 2026

मुलुकलाई सकेसम्म चाँडो छाड्ने कसले बनायो ? राष्ट्रिय स्वतन्त्र पार्टी उपनेता अर्याल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता डोलप्रसाद अर्यालले सकेसम्म देश चाँडो छाड्न चाहने अवस्था कसले बनायो भन्दै प्रश्न गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासका लागि राखेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले त्यसका केही दोषी यही संसद्‌मा रहेको उल्लेख गरे ।

उनले शीर्ष नेताहरूतर्फ हेर्दै भने, ‘राष्ट्रपतिका सन्तानदेखि गरिबका सन्तानसम्म जसोतसो विदेश पुगेकै छन् । मुलुकलाई सकेसम्म चाँडो छाड्ने कसले बनायो ? सायद यहाँ उपस्थितमध्ये केही त दोषी पक्कै हौं ।’

देशका ४० लाख युवाहरू विदेश रहेको अवस्थामा स्वदेश फर्केर केही गर्ने चाहना भएका आफ्नो पार्टीका नेता रवि लामिछाने लखेटिएको उनले बताए ।

उनले आफूहरूलाई असफल हुने छुट नभएको बताए । आफूहरू कटाक्ष र गालीगलोज हेर्न नचाहने उल्लेख गरे । सरकारलाई विश्वासको मत दिने बताउँदै उनले आफ्नो पार्टीलाई अप्ठ्यारो परेका बेला सघाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ३ : १४ बजे

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण

सभापति लामिछानेको चीन भ्रमण स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा

विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

विद्युतीय गाडीको ठक्करबाट गुल्मीकी आमाछोरीको मृत्यु

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको