७ भदौ २०८३, आइतबार | August 23, 2026

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि आफ्नो पार्टीले विश्वासको मत कायमै राखेको बताएका छन ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले भनें, “प्रधानमन्त्रीमाथि हिजो पनि विश्वासको मत दिएका थियौँ र आज पनि मत दिन्छौँ ।” उनले यसअघि विश्वासको मत दिए पनि प्रतिपक्षमा बसेको भए पनि अब भने सत्तापक्षको बेञ्चमा बस्न तयार रहेको बताए ।

निर्वाचन अगाडिको पाँच दलीय गठबन्धनको घटकका रुपमा लोसपा रहेकाले विश्वासको मत दिइएको उनले प्रष्ट पारे ।

“हामी तत्कालीन गठबन्धनमा रहेर गत आम निर्वाचनमा भाग लिएका थियौँ । निर्वाचनपछि स्वाभाविक ढङ्गबाट एउटा कोर्समा जानुपर्ने थियो । त्यसमा हठाथ् घटनाक्रमले जे जस्तो अवस्था आए पनि हामीले सरकारलाई समर्थन गरेका थियौँ”, उनले भने ।

स्थायित्वका लागि सरकारलाई समर्थन गरेको जनाउँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मजबुतका विश्वासको मत दिने स्पष्ट पारे ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ४ : ३३ बजे

विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

विद्युतीय गाडीको ठक्करबाट गुल्मीकी आमाछोरीको मृत्यु

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको

१४ बुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

काठमाडौं । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा

मुस्ताङ भ्रमण सकेर काठमाडौं फर्किँदै प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौंका लागि फर्किएका छन् ।

सुनको मुल्य बढ्यो, चाँदीको घटयो

काठमाडौं।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल