२९ भदौ २०८३, सोमबार | September 14, 2026

परिचयात्मक कार्यक्रममा विद्यार्थी नहुँदा उम्मेद्वार आक्रोशित, ३३०० विद्यार्थी रहेको क्याम्पसमा १० जना सहभागी



भैरहवा । भैरहवा बहुमुखी क्याम्पसमा भएको परिचयात्मक कार्यक्रममा विद्यार्थीहरू नै नहुँदा स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवारहरूले आक्रोस व्यक्त गरेका छन् ।

चैत ५ गते देशव्यापी रूपमा स्ववियू निर्वाचन भएपनि भैरहवा बहुमुखी क्याम्पस लगायत केही क्याम्पसहरुमा भने निर्वाचन हुन बाँकी छ ।

भैरहवा बहुमुखी क्याम्पसमा भने ८ गते हुने भएको छ । उक्त निर्वाचनलाई मध्यनजर गरी स्ववियू निर्वाचन समितिको आयोजनामा भएको कार्यक्रममा शिक्षक, विद्यार्थी नेता उम्मेदवार बाहेक मतदान गर्ने विद्यार्थीको उपस्थित नै नभएको र क्याम्पस प्रशासनले राजनिती गरी रहेको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष एवं सभापतिका उम्मेदवार सागर न्यौपानेले व्यक्त गरे ।

त्यस्तै लोकतान्त्रिक विद्यार्थी संघका अध्यक्ष जैनुद्नि देवानले क्याम्पसले प्रशासनले आफु निकट संघठनका लागि भोट माग्ने गरेको आरोप लगाए ।

परिचयात्मक कार्यक्रममा उम्मेदवारहरूले विद्यार्थीहरू समक्ष आफ्ना एजेन्डाहरू प्रस्तुत गर्न नपाएको गुनासो अधिकांस स्ववियूका उम्मेदवारहरुले गरेका छन् र क्याम्पसले यो कार्यक्रममा फैजुल खर्च गरेको उम्मेद्वारहरूले अविव्यक्त गरेका छन् । विद्यार्थीहरूलाई जम्मा गर्न प्रयास गर्दागर्दै असफल भएको स्ववियू निर्वाचन समितिले जनाएको छ ।

करिब ३३०० विद्यार्थी भोटर रहेको भैरहवा बहुमुखी क्याम्पसमा जम्मा १७०० विद्यार्थीले परिचयपत्र बनाएका छन् भने परिचयात्मक कार्यक्रममा १० जना विद्यार्थी मात्र सहभागी भएका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ७ : १५ बजे

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका