७ पुस २०८२, सोमबार | December 22, 2025

क्षमताभन्दा बढी सामान बोक्ने जहाजका चालकसहित सात जना ग्राउन्डेड



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजका चालक दलसहित सात जनालाई ग्राउण्डेड गरेको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सोमबार ताप्लेजुङबाट काठमाडौँ उडान भरेको निगमको नाइन एन एबीटी विमानमा लोड सिटमा भन्दा एक सय पाँच केजी बढी सामान बोकेको पाइएपछि उनीहरूलाई काम गर्न रोक लगाइएको छ । उक्त विमानले क्षमताभन्दा बढी सामान बोकेको र पुरुष यात्रुलाई महिला यात्रुका रूपमा यात्रा गराएको पनि पाइएकाले कारबाही गरिएको प्रवक्ता निरौलाले बताए ।

जहाजले क्षमताभन्दा बढी सामान बोकेको सूचना पाएपछि प्राधिकरणले जाँच गर्दा कागजमा देखाइएको भन्दा बढी तौल भेटिएपछि उडान अनुशासन पालना नगरेकाले जहाजका चालकदलसहित ग्राउण्डेड गरिएको प्राधिकरणले उल्लेख गरेको छ ।

प्राधिकरणले चालक दलका तीन जना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई ग्राउन्डेड गरेको हो । घटनाबारे आवश्यक छानबिन गरिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ९ : २७ बजे

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको