७ भदौ २०८३, आइतबार | August 23, 2026

तीन हेलिकप्टर पाइलट निलम्वित



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द बोल्ने ‘नेगेटिभ कन्भर्सेसन गर्ने’ एक पाइलटलाई निलम्बन गरेको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौं-लुक्ला उडानका क्रममा टावरसँग अश्लिल शब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका एक पाइलटलाई ग्राउन्डेड गरिएको हो । “यही २१, मार्च २०२३ मा काठमाडौंबाट लुक्ला जाने क्रममा अन्नपूर्ण हेलिकप्टरका एक पाइलटले मिस कम्युनिकेशन गरेको हुनाले निजलाई ग्राउण्डेड गरिएकोछ”, प्रवक्ता निरौलाले भने ।

त्यसैगरी उडान सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने थप दुई हेलिकप्टर कम्पनीका पाइलटलाई ग्राउण्डेड गरिएको छ । एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटले पोखरामा ‘प्याराग्लाइडिङ जोन’ भनी छुट्याएको एयरस्पेसमा हेलिकप्टर उडाएका थिए । यी तीनै जना पाइलटले अर्को सूचना जारी नभएसम्म हेलिकप्टर उडाउन पाउने छैनन् ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ७ : ०२ बजे

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिँदा कम्युनिष्ट आन्दोलन कमजोर भयो : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक : उर्जामन्त्री श्रेष्ठ

मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश

दमौली । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र