७ आश्विन २०८३, बुधबार | September 23, 2026

सेयर बजार २६.८७ अंकले घट्यो



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक २६.८७ अंकले घटेको हो ।

आइतबार नेप्से परिसुचक १८८८.२७ को विन्दुमा  झरेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ अङ्कले घटेर ३५६ विन्दुमा पुगेको छ ।

यसअघि गत साताकाे काराेबारकाे अन्तिम दिन बिहीबार पनि सेयर बजार ओरालाे लागेकाे थियो । सोदिन नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आएर रोकिएको थियो  । बिहिबार १ अर्ब ४१ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार कूल २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २८ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ।  नेप्से सुचकमा १९ कम्पनीमा वृद्धि भएको छ । १९३ कम्पनीमा ओरालो लागेको र २ कम्पनी स्थिर रहेको छ ।

त्यस्तै, शीर्ष स्थानमा रहेको हिमालय डिस्टिलरीको सर्वाधिक सेयरकारोबार भएको छ । उक्त कम्पनीको ८ करोड ६२ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । यसैगरी कारोबारको आधारमा एनआइसि एशिया बैंक भने दोश्रो स्थानमा रहेको छ। यसको आज ७ करोड ९५ लाख भन्दाबढीको कारोबार भएको छ।

आइतबार सबै उपसुचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै म्युचुअल फण्ड ४.७७ प्रतिशत र माइक्राेफाइनान्सको ३.८५ प्रतिशतले ओरालो लागेको छ। आइतबार मायाखोला हाइड्रोपावर कम्पनीको र एसियन हाइड्रोपावरका १० प्रतिशतको सेयर कारोबार भएको छ। यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् । यसैगरी कालिन्चोक दर्शन ६ प्रतिशत, गुरास लाईफ इन्सयोरेन्सको ४.२६ प्रतिशत र सिद्धार्थ इक्विटि फण्डको ३.९० प्रतिशतको कारोबार भएको हो ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ३ : ४६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई