२५ भदौ २०८३, बिहिबार | September 10, 2026

तिलोत्तमाबाट मोटरसाईकल चोर्ने २ जना चोर रङ्गेहात पक्राउ



बुटवल । तिलोत्तमा ९ का स्थानीय नारायण पाण्डेको घरबाट मोटरसाईल चोर भाग्दै गरेका २ जना रङ्गेहात पक्राउ परेका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ९ स्थित पाण्डेको घरमा पार्किङ गरी राखेको लु ६७ प ८६१९ नम्बरको १५० सीसी को बजाज कम्पनीको पल्सर मोटरसाईकल चोरेर भाग्दै गरेका २ जना भाग्दाभाग्दै पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नवलपरासी सुनवल नगरपालिका वडा नं.९ का २५ वर्षिय रवी प्रसाद चौधरी र प्रतापपुर गाउँपालिका वडा नं.२ का २६ वर्षिय खिरी नारायण थारु रहेको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न २ जनाले चोरी गरी लैजादै गर्दा स्थानीयको सहयोगमा चोरी भएको मोटरसाईकल सहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बताए । पक्राउ परेका २ जनालाई चोरी सम्बन्धी कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको उनले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ७ : १७ बजे

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : चिनियाँ राजदूत माओमिङ

नुवाकोट । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त