५ पुस २०८२, शनिबार | December 20, 2025

तिलोत्तमाबाट मोटरसाईकल चोर्ने २ जना चोर रङ्गेहात पक्राउ



बुटवल । तिलोत्तमा ९ का स्थानीय नारायण पाण्डेको घरबाट मोटरसाईल चोर भाग्दै गरेका २ जना रङ्गेहात पक्राउ परेका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ९ स्थित पाण्डेको घरमा पार्किङ गरी राखेको लु ६७ प ८६१९ नम्बरको १५० सीसी को बजाज कम्पनीको पल्सर मोटरसाईकल चोरेर भाग्दै गरेका २ जना भाग्दाभाग्दै पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नवलपरासी सुनवल नगरपालिका वडा नं.९ का २५ वर्षिय रवी प्रसाद चौधरी र प्रतापपुर गाउँपालिका वडा नं.२ का २६ वर्षिय खिरी नारायण थारु रहेको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न २ जनाले चोरी गरी लैजादै गर्दा स्थानीयको सहयोगमा चोरी भएको मोटरसाईकल सहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बताए । पक्राउ परेका २ जनालाई चोरी सम्बन्धी कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको उनले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ७ : १७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता