२८ मंसिर २०८२, आइतबार | December 14, 2025

अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार खरेललाई



काठमाडौं । अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुस्कार गीतकार किरण खरेललाई अर्पण गरिने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको स्मृति एवं सम्मानमा यो पुरस्कार स्थापना भएको हो ।

पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित उक्त पुरस्कार पहिलोपटक खरेललाई प्रदान गर्न लागिएको हो । नेपाली गीत सङ्गीतका धरोहर, नेपाली राष्ट्रगानका सङ्गीतकार, अम्बर गुरुङ राष्ट्रिय सङ्गीत कोषको स्थापना गरिएको छ । यही कोषबाट नेपाली साङ्गीतिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने व्यक्ति वा संस्थालाई पुरस्कार समर्पण गर्ने प्रावधानअनुसार परिवारले योजना बनाएको संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले बताए ।

संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाली सङ्गीतको विकासमा उत्प्रेरणात्मक योगदान पुगोस् भन्ने अभिप्रायले स्थापित अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार संस्थाद्वारा पहिलोपटक नेपाली गीतलेखनको क्षेत्रमा छ दशकभन्दा बढी समयदेखि अनवरतरुपले साधनारत ज्येष्ठ गीतकार खरेललाई समर्पण गरिने जानकारी गराउँदछौँ ।”

अध्यक्ष पौडेलका अनुसार गुरुङ राष्ट्रिय पुरस्कारको राशि रु दुई लाख नगद र सम्मानपत्र हुनेछ । पुरस्कार प्रत्येक दुई वर्षमा समर्पण गरिनेछ । पुरस्कार वितरण समारोह आगामी वैशाख १६ गते पोखरामा गरिने भएको छ । “करिब पाँच दशकदेखि नेपाली साहित्य, सङ्गीत र कला क्षेत्रमा क्रियाशील यस संस्थाद्वारा स्थापित महत्त्वपूर्ण पुरस्कारद्वारा नेपाली सङ्गीतकर्मी एवं सङ्गीतप्रेमी समस्त महानुभावहरूले खुसी र गर्वबोध गर्नेछन् भन्ने हामीले अपेक्षा गरेका छौँ”, विज्ञप्तिमा उल्लेख छ ।

विसं १९९५ मा काभ्रेको खरेल थोकमा जन्मेका खरेल नेपाली गीत सङ्गीत क्षेत्रका सदावहार सर्जक हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ९ : ४८ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर