२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार खरेललाई



काठमाडौं । अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुस्कार गीतकार किरण खरेललाई अर्पण गरिने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको स्मृति एवं सम्मानमा यो पुरस्कार स्थापना भएको हो ।

पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित उक्त पुरस्कार पहिलोपटक खरेललाई प्रदान गर्न लागिएको हो । नेपाली गीत सङ्गीतका धरोहर, नेपाली राष्ट्रगानका सङ्गीतकार, अम्बर गुरुङ राष्ट्रिय सङ्गीत कोषको स्थापना गरिएको छ । यही कोषबाट नेपाली साङ्गीतिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने व्यक्ति वा संस्थालाई पुरस्कार समर्पण गर्ने प्रावधानअनुसार परिवारले योजना बनाएको संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले बताए ।

संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाली सङ्गीतको विकासमा उत्प्रेरणात्मक योगदान पुगोस् भन्ने अभिप्रायले स्थापित अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार संस्थाद्वारा पहिलोपटक नेपाली गीतलेखनको क्षेत्रमा छ दशकभन्दा बढी समयदेखि अनवरतरुपले साधनारत ज्येष्ठ गीतकार खरेललाई समर्पण गरिने जानकारी गराउँदछौँ ।”

अध्यक्ष पौडेलका अनुसार गुरुङ राष्ट्रिय पुरस्कारको राशि रु दुई लाख नगद र सम्मानपत्र हुनेछ । पुरस्कार प्रत्येक दुई वर्षमा समर्पण गरिनेछ । पुरस्कार वितरण समारोह आगामी वैशाख १६ गते पोखरामा गरिने भएको छ । “करिब पाँच दशकदेखि नेपाली साहित्य, सङ्गीत र कला क्षेत्रमा क्रियाशील यस संस्थाद्वारा स्थापित महत्त्वपूर्ण पुरस्कारद्वारा नेपाली सङ्गीतकर्मी एवं सङ्गीतप्रेमी समस्त महानुभावहरूले खुसी र गर्वबोध गर्नेछन् भन्ने हामीले अपेक्षा गरेका छौँ”, विज्ञप्तिमा उल्लेख छ ।

विसं १९९५ मा काभ्रेको खरेल थोकमा जन्मेका खरेल नेपाली गीत सङ्गीत क्षेत्रका सदावहार सर्जक हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ९ : ४८ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास