बुटवल । नेपाल पत्रकार महासंघको आयोजनामा लुम्बिनीमा दुई दिने राष्ट्रिय मिडिया सम्मेलन आजदेखी सुरुहुदैँछ । महासंघले आफनो ६८ औं स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते २ दिने मिडिया सम्मेलन गर्न लागेको हो ।
महासंघका अध्यक्ष विपुल पोखरेलका अनुसार बिहीबार देखी लुम्बिनीमा सुरु हुने लुम्बिनीमा गरिने मिडिया सम्मेलनमा सदस्यता शुद्धीकरण, आर्थिक संकटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानुनलगायत अन्य बिषयमा छलफल हुनेछन् ।
सो सम्मेलनमा मिडियाका लगानीकर्ता, सरकारी प्रतिनिधि र अनुसन्धानकर्ताको समेत सहभागी रहनेछ भने सम्मेलनमा देशभरबाट २५० जना सहभागी हुनेछन् ।
चैत १६ गते महासंघले स्थापना दिवसको अवसमा पश्चिम नवलपरासीमा प्रभातफेरि गर्नेछ भने परासीमै महासंघको ८ औं बैठक र साँझ लुम्बिनीमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरेको छ ।
प्रतिक्रिया