६ बैशाख २०८१, बिहिबार | April 19, 2024

भारतीय दर्शनार्थी आउने पूर्णागिरि मेलामाथि निर्भर ब्रह्मदेव बजार



दोधारा चाँदनी । कुनैबेला मालसामान किन्नेको भीड लाग्ने कञ्चनपुरको पुरानो ऐतिहासिक ब्रह्मदेव बजार अहिले पूर्णागिरिमा लाग्ने मेलामा आश्रीत छ ।

भारतको उत्तराखण्डस्थित पूर्णागिरि माताको दर्शन गरेपछि कञ्चनपुरको ब्रह्मदेवस्थित सिद्धबाबाको मन्दिरमा अनिवार्य दर्शन गर्नुपर्ने हुन्छ । पूर्णागिरि दर्शन गर्न आउने हरेक दर्शनार्थी बह्मदेव बजार पुग्छन । फागु पूर्णिमादेखि असार पूर्णिमासम्म तीन महिना लाग्ने पूर्णागिरि मेलाको समय यहाँका एउटै व्यापारीले लाखौँको कारोबार गर्ने गरेका छन् । तर मेला बाहेकको समयमा भने यो बजार सुनसान रहने यहाँका व्यवसायी बताउँछन् ।

“तीन महिना मेलाको आम्दानीले हामीले वर्षभरि चल्नुपर्छ”, स्थानीय व्यवसायी विरबहादुर खड्काले भने, “अन्य समयमा यहाँको व्यापार व्यवसाय प्रायः शून्य नै हुन्छ ।” मेलाको समयमा मात्रै यहाँ व्यापार फष्टाउँछ ।

विगतको तुलनामा अहिले यहाँको व्यापार व्यवसाय घट्दै गएको ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्तले बताए । “अहिले विगतको जस्तो कारोबार हुँदैन । यहाँ पाइने सामान भारतमा सहजै पाइन थाल्यो”, उनले भने, “पछिल्लो सयम मेलाकै कारण हाम्रो व्यापार टिकेको छ ।” मेलामा चल्ने पूजा सामग्रीको अत्यधिक वयापार हुन्छ । विगतमा जुत्ता, चप्पल र चिनियाँ सामग्रीको माग धेरै हुन्थ्यो । अहिले ती सामान भारतमै पाइन थालेपछि यहाँ व्यापार कम भएको हो ।

महाकाली नदीको पारीपट्टिको डाँडामा भारततर्फ पूर्णागिरि र वारी नेपालतर्फ सिद्धबाबाको मन्दिर छ । माताको दर्शन गरेपछि सिद्धबाबाको दर्शन अनिवार्य गर्नुपर्ने र अनी मात्रै मनोकांक्षा पूरा हुने जनविश्वास रहेका कारण पूर्णगिरि मेला सुरु भएपछि यहाँको सिद्धबाबा मन्दिरमा पनि चहलपहल बढ्छ ।

सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण महताले भारतको उत्तराखण्ड र उत्तरप्रदेशसँगै दिल्लीलगायत क्षेत्रबाट ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेका बताए । भारतको टनकपुर उत्तरतर्फको चुरेको डाँडामा पूर्णागिरि माताको मन्दिर छ  । ठीक वारी नेपालतर्फ खल्ला मसेट्टी, बह्मदेव र महेन्द्रनगरमा सिद्धबाबाको मन्दिर छ  । कञ्चनपुर, कैलालीलगायत जिल्लाबाट ठूलो सङ्ख्यामा दर्शनार्थी यहाँ आउने गरेका छन् ।

पूर्णागिरि मेला अवधिमा कञ्चनपुरको सीमावर्ती सहर बह्मदेव र महेन्द्रनगर बजारमा चहलपहल बढ्छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले भारतमा लाग्ने मेलाले सीमावर्ती बजारमा आर्थिक गतिविधि बढेको बताए ।

“तीन महिनासम्म सञ्चालन हुने यो मेलाले यहाँको व्यवसाय तङ्ग्रिएको छ”, उनले भने, “यसले दुई देशका नागरिकबीच सद्भाव बढाउनुका साथै पर्यटनमा समेत टेवा पुगेको छ ।”

सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महताले दर्शनार्थीको भेटीबाट करिब रु ५० लाख आम्दानी हुने गरेको बताए । उनले भने, “भेटीबाट आएको रकम सामाजिक कार्यमा खर्च गर्छौं ।” यहाँस्थित दुई विद्यालयका निजी स्रोतमा भर्ना गरिएका शिक्षकको तलब मन्दिरकै भेटीबाट दिने गरेको उनले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ८ : ११ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी