७ आश्विन २०८३, बुधबार | September 23, 2026

स्वर्णिम वाग्ले कांग्रेस छाडेको सन्देश पठाएर सम्पर्क विहीन



काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनमा कांग्रेसको घोषणा पत्रका मस्यौदाकार रहेका अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस छाडेको घोषणा गरेका छन् । वाग्लेले कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित देउवा इतरका ४ नेतालाई आफू कांग्रेसमा नरहेको सन्देश पठाएर सम्पर्क विहीन भएको कांग्रेसको उच्च स्रोतले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ–१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेसँगै वाग्लेले नेताहरुलाई सन्देश पठाएर सम्पर्क बाहिर पुगेको ती नेताले बताए । स्रोतका अनुसार वाग्लेले महामन्त्रीद्वयसँगै देउवा इतरका नेताहरु शेखर कोइराला र डा. गोविन्द राज पोखरेललाई एसएमएस पठाएर आफू कांग्रेसमा नरहेको जनाएका हुन् ।

वाग्लेले कांग्रेसमा नरहेको भन्दा पनि ‘शेरबहादुर–आरजु कांग्रेसमा रहिन’ भन्ने सन्देश पठाएको स्रोतको दाबी छ । स्वर्णिमको एसएमएस आए लगत्तै महामन्त्रीद्वय र अरु नेताहरुले निरन्तर सम्पर्कको प्रयास गरेपनि वाग्ले सम्पर्कमा आएका छैनन् ।

स्रोतका अनुसार स्वर्णिम रास्वपाबाट उपचुनावमा तनहुँबाट उम्मेदवार बन्ने निश्चित भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ३ : ४८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११