७ भदौ २०८३, आइतबार | August 24, 2026

समस्या समाधानका विषयमा मिटरब्याज पीडितसँग छलफल



काठमाडौं । सरकारी वार्ता टोली र मिटरब्याज पीडितबीचको वार्ता आजदेखि सुरु भएको छ । सिंहदरबारमा आज भएको वार्ता सकारात्मक रहेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका उपसचिव तथा सरकारका तर्फबाट वार्ता टोलीका सदस्य दिलकुमार तामाङले वार्तामा पीडितका वार्ता टोलीले नौ बुँदे लिखित माग प्रस्तुत गरेको ती मागका विषयमा दफावार छलफल भएको जानकारी दिए ।

“वार्तामा सरकारले हालसम्म गरेको प्रयासका बारेमा जानकारी गराइयो, उनीहरूका मागबारे पनि दफावार छलफल भयो, कानून संशोधनको प्रक्रिया अघि बढेको कुरा पनि हामीले बताएका छौँ”, तामाङले भने, “उहाँहरूले आफ्ना अन्य आन्दोलनरत साथीहरूसँग यो विषयमा छलफल गर्छौँ भन्नुभएको छ ।”

सरकारी वार्ता टोलीसँगको छलफलमा मिटरब्याज पीडितहरूले अधिकारसम्पन्न आयोग गठन गर्नुपर्नेदेखि अदालतमा परेको मुद्दाका विषयलाई समाधान गर्नुपर्ने तथा मिटरब्याजीहरूले बनाएको तमसुक खारेज गर्नुपर्नेलगायतका माग राखेका छन् ।

समस्या समाधानका लागि सरकारले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो भने मिटरब्याज पीडितले सङ्घर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा वार्ता टोली बनाएको थियो ।

यसअघि सरकारले मिटरब्याजमा लगाउने कार्यलाई अपराध घोषणा हुने गरी मुलुकी अपराधसंहितालाई संशोधन गर्ने निर्णय गरिसकेको छ । पीडितहरू न्यायको माग गर्दै ११ दिन हिँडेर तराईबाट काठमाडौँ आएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ९ : ४२ बजे

प्रधानमन्त्री शाह तीन दिनदेखि गण्डकीमा

पोखरा । प्रधानमन्त्री वालेन्द्र शाह निजी भ्रमणका सिलसिलामा तीन दिनदेखि

राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपद् आएमा समुदायस्तरबाट

विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस् : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

व्रम्हकुमारीजको वृहत् रक्तदान सोमबार पनि जारी रहने

नेपालगन्ज । आध्यात्मिक ज्ञानको माध्यमबाट विश्व शान्तिको विश्वव्यापी अभियानमा समर्पित

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना