३० असार २०८३, मंगलबार | July 14, 2026

पातुखोलामा घडेरी बनाएर बेच्न खाजेपछि…



तुलसीपुर । दाङको तुलसीपुरस्थित पातुखोलामा ‘रिटेनिङ वाल’ बनाएर घडेरी बेच्न खोजेपछि तुलसीपुर उपमहानगरपालिकाले सो पर्खाल भत्काइदिएको छ ।

तुलसीपुर उपमहानगरपालिका-८ र १० मा पर्ने पातुखोलामा ‘जग्गा दलाल’ले घडेरी बेच्नका लागि पर्खाल बनाउन लागेको थाहा पाएपछि उपमहानगरपालिकाका कर्यवाहक प्रमुख मानबहादुर रावतसहित तुलसीपुरका सबैजसो वडाध्यक्ष तथा कर्मचारी पुगेर भत्काएका हुन् ।

“त्यहाँ करिब ५० मिटरभन्दा बढीमा तटबन्ध गर्न लागिएको रहेछ, त्यो तटबन्ध पूरा गरेको भए करिब १० कठ्ठा जग्गा निकाल्न सकिन्थ्यो”, कार्यवाहक प्रमुख रावतले भने, “त्यो कुरा हामीले थाहा पाएपछि तटबन्ध भत्काएका छौँ ।”

दिउँसो त्यहाँ मजदुरले काम गरिरहेकै सन्दर्भमा उपमहानगरपालिकाको जेसिबी लिएर भत्काइएको हो । त्यहाँ पूर्वतर्फको वडा नं १० मा पर्छ भने पश्चिमतर्फको वडा नं ८ मा पर्छ । ठेकेदार झग्गु भण्डारीले पश्चिमतर्फको जग्गालाई घडेरी बनाउनका लागि रिटेनिङ वाल लगाउन थालेको स्वीकार गरेको कार्यवाहक प्रमुख रावतले बताए । त्यहाँ करिब २५ मिटर जति खोला च्यापिएको थियो ।

केही समय अघिदेखि त्यहाँ तटबन्ध बनाउन थालिएको थियो । पातुखोलामा निर्माण भएको अटोभिलेजबाट केही दक्षिणतर्फ घडेरी बनाउन लागेको थाहा पाएपछि आफूहरू सक्रिय भएको रावतले बताए । पातुखोलामा बजारदेखि नै अतिक्रमण गर्दै आएपछि अन्य क्षेत्रमा पनि अतिक्रमणको दबदबा बढेको छ । केही वर्षअघि उपमहानगरपालिकाले पातुखोलालाई एकदमै जोखिम क्षेत्रका रूपमा प्रतिवेदन सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : ०९ बजे

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च

सरकारी विज्ञापनमा निजी मिडियामाथिको प्रतिबन्ध सर्वोच्चद्वारा बदर, सरकारको ‘एकद्वार नीति’ खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए

काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले