७ आश्विन २०८३, बुधबार | September 23, 2026

देशभरका हिन्दुहरु बुटवलमा जम्मा हुने, विश्व हिन्दु महासंघ नेपालको राष्ट्रिय सम्मेलनको तयारी पुरा



बुटवल । विश्व हिन्दु महासंघ नेपाल को आठौ महासभाव रुपन्देहीको बुटवलमा हुने भएको छ । यहि चैत २१ र २२ गते बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा देशभरका विश्व हिन्दु महासंघमा आवद्ध व्याक्तिहरुको सहभागीतमा महासभा हुन लागेको हो ।

विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा रामचन्द्र अधिकारीले देशभरबाट आउने प्रतिनिधी, पर्यवेक्षकहरुको वास स्थान व्यवस्थापन देखि महासभा पुर्व बुटवलमा आयोजना हुने भव्य सोभा यात्राको तयारी पुरा गरिएको जानकारी दिए ।

बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक समितिले यहि चैत २१ गते विहान ११ बजे विश्वहिन्दु महासंघ रुपन्देही रहेको स्थान हाटबजार बाट शोभा यात्र कार्यक्रम स्थल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा पुग्ने छ । अन्तराष्ट्रिय सम्मेलनमा देशभरबाट आएका शन्तहरुलाई प्रमुख अतिथि बनाएर मुल कार्यक्रम आयोजना हुने अध्यक्ष अधिकारीले जानकारी दिए ।

राष्ट्र रक्षा र धर्मरक्षाका लागि हिन्दुराष्ट्रको मुख्य अभियान स्वरुप महासभामा विशेष छलफल हुने विश्व हिन्दु महासंघ नेपालका बरिष्ठ केन्द्रीय उपाध्यक्ष बरिष्ठ अधिवक्ता बेन बहादुर पौडेल क्षेत्रीले जानकारी दिए । शिसु कक्षा देखि विश्व विद्यालय सम्मको पाठ्क्रममा परिमार्जित गरी स्वरोजगारमुलक मौलिकता झल्कीने रोजगारमुलक बैज्ञानिक पाठ्यक्रम निर्माणको लागि पनि महासभावले विशेष पहल गर्ने जनाइएको छ ।

विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष शंकर खडालले हिन्दु राष्ट्रको अभियानमा सबैले साथ दिनुपर्ने बताएका छन् । यस्तै बरिष्ठ सल्लाहार तथा पुर्व सांसद शंकर प्रसाद पाण्डेले सबैको एकता र सद्भाव झल्कीने प्रकृतिको सनातन हिन्दु राष्ट्रको विकल्प नभएको बताए ।उनले हिन्दु गुरु राष्ट्र समेत नेपाल भएको भन्दै सोही अनुसार पहल कदम आवश्यक रहेको बताएका हुन ।

यस्तै केन्द्रीय सदस्य अर्जुन कुमार पौडेलले राष्ट्र रक्षा, हिन्दु राज्यको विकल्प नभएको भन्दै यो अभियानले निस्कर्ष पाउने समेत बताए । सन्त समाजका महासचिव तथा व्यासाचार्य किशोर गौतमले नेपाली हिन्दु ऋषिमुनीहरुबाट विश्वमा विज्ञानका आविश्यहरु भएको भन्दै नेपाली बेद पुराणाको महत्व विश्वले बुझ्नुपर्ने बताएका थिए ।

महासभा मुल कार्यक्रम आयोजक समितिका संयोजक तथा विश्व हिन्दु महासंघ नेपाल रुपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले रुपन्देहीमा राष्ट्रिय महासभा आयोजना हुनु आफैमा गौरवको विषय भएको बताएका थिए ।

उनले रुपन्देही आउने करिव १ हजार ५ सय प्रतिनीधी, पर्यवेक्षकहरुको लागि व्यवस्थापन गरिएको जानकारी दिए । उनले कार्यक्रम पुर्व आयोजना हुने ¥यालीमा भव्य रुपमा ओमकार परिवार भित्रका विभिन्न धार्मिक संघ संस्थाहरुको सहभागीता हुने बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ६ : ५१ बजे

लुम्बिनी प्रदेशका केही स्थान अतिभारी वर्षाको जोखिममा : बाँकेमा यस्तो छ जोखिम न्यूनीकरणको पूर्वतयारी

नेपालगन्ज । सम्भावित भारी वर्षा र मनसुनजन्य विपद्‌लाई ध्यानमा राख्दै

एसियाली खेलकुदः नेपाली खेलाडीले सात खेलमा प्रतिस्पर्धा गर्दै

काठमाडौं । जापानमा जारी २० औँ एसियाली खेलकुदअन्तर्गत नेपालले आज

लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, उच्च सतर्कता अपनाउन मुख्यमन्त्रीको अपिल

दाङ । लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन,

एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन, सदस्यहरूले धारणा राख्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिनको

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच न्यूयोर्कमा भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका