५ चैत्र २०८२, बिहिबार | March 19, 2026

काठमाडौमा ट्रकको ठक्करबाट अर्घाखाँचीका शाखा अधिकृत पाण्डेको मृत्यु



काठमाडौं । काठमाडौंको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १२ बजे बल्खु चोकमा मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा अर्घाखाँची छत्रदेव गाउँपालिका-५ घर भई चन्द्रागिरि नगरपालिका-१२ सतुंगल बस्ने ३८ वर्षीय भूपति पाण्डे रहेका छन् ।

मृतक पाण्डे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन विभागमा शाखा अधिकृत हुन् ।

सानेपाबाट कलंकीतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख १७१५ नम्बरको १२ चक्के मालवाहक गाडीले सोही दिशा जाँदै गरेको बा अ अ ९८३५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्कर पछि गम्भीर घाइते भएका पाण्डेलाई नजिकैको वयोधा अस्पतालमा लगिएकोमा अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले ४३ वर्षीय ट्रक चालक अर्जुन ढुंगानालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ९ : २८ बजे

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई धन्यवाद : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

सरकार गठनको छलफलमा जुटे रास्वपाका चार नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूले नयाँ

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका-१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव