२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

कुखुराको मासुको मूल्य घटेपछि किसान असन्तुष्ट



काठमाडौं । पोल्ट्री व्यावसायीले कुखुरा मासुको मूल्य घटाएपछि किसान मर्कामा परेका छन् । मंगलबारदेखि लागू हुने गरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपियाँले घटाइएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

अब जिउँदो ब्रोइलर कुखुराको मूल्य २८० रुपियाँ प्रतिकिलो कायम भएको छ । यसरी मूल्य घटाउँदा आफूहरूलाई नसोथिएको कुखुरा किसानको गुनासो छ ।

जिउँदो बोइलर कुखुराको मूल्य घटेसँगै तयारी मासुको मूल्य पनि घटेको छ । ४०० रुपैयाँ केजी रहेको तयारी मासुको मूल्य ३९० रुपियाँ पुगेको संघका अध्यक्ष जङ्गबहादुर बेल्बासेले बताए ।

पोल्ट्री व्यवसायीले किसानको खोरबाट प्रतिकेजी २८० रुपियाँमा खरिद गरी ३९० मा बेच्ने गरेका छन् । नेपाल कुखुरा किसान सङ्घका अध्यक्ष झनक पौडेलले पोल्ट्री व्यवसायीले घटाएको मूल्य आफूहरूलाई स्वीकार नहुने चेतावनी दिएका छन् ।

पोल्ट्री व्यवसायीले आफूहरूसँग २००–२५० रुपियाँ प्रतिकेजी खरिद गरेर लैजान्छन् र त्यसलाई तयारी गरेर ४०० देखि ४५० रुपियाँ प्रतिकेजीमा बिक्री वितरण गर्ने गरेको अध्यक्ष पौडेलले दाबी गरे ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ७ : ३९ बजे

बुटवलमा आजदेखि ‘वज्र फेस्टिभल २०२६’ सुरु, मनोरञ्जनसँगै वेलनेस कार्यक्रम

बुटवल । कला, संस्कृति, पर्यटन प्रवर्द्धन तथा मानसिक स्वास्थ्यप्रति सचेतना

विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

भोजपुर । यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै

फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौं । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौं । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा