२९ भदौ २०८३, सोमबार | September 15, 2026

पत्रकारितामा ‘डेडलाइन’ युग अन्त्य भएको छः रासस अध्यक्ष झा



बुटवल । राष्ट्रिय समाचार समिति(रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको सेवा अझ बढी प्रभावकारी बनाउने गरी काम अघि बढाइएको बताएका छन् ।

आज बुटवलमा राससका सेवाग्राही र सञ्चारकर्मीसँगको अन्तरक्रियामा अध्यक्ष झाले राससले सेवा प्रवाहलाई चुस्त बनाउँदै लैजाने बताए । “राससको यो गतिलाई कायम राख्दै सेवा प्रवाह चौबीस घण्टा नै बनाउने तयारीमा छौँ”, उनले भने।

उनले पत्रकारितामा अब ‘डेडलाइन’ युगको अन्त्य भएको भन्दै सूचनाको परिधि फराकिलो भएको बताए । राससको सेवा अनाधिकृत रुपमा प्रयोग गर्नेको सङ्ख्या देशभरि नै ठूलो भए पनि आधिकारिक रुपमा रासस प्रयोग गर्ने सङ्ख्या अत्यन्त न्यून रहेको उनको भनाइ छ । उहाँले न्यूनतम शुल्कमा सेवा उपलब्ध गराएको भन्दै ग्राहक बन्न आग्रह समेत गरे ।

कार्यक्रममा राससका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईले राज्यमा भएको परिवर्तनलाई अब राससले अत्मसात् गरी अगाडि बढ्नुपर्ने सुझाव दिए । उनले रासस सात सय ५३ वटा स्थानीय सरकार, सात प्रदेश र एक सङ्घीय सरकार सबैको अपनत्व हुने गरी ढाँचासमेत परिवर्तन गर्न पनि सुझाव दिए ।

कार्यक्रममा राससका बोर्ड सदस्य कृष्ण अधिकारीले रासस समयसापेक्ष चलायमान भइरहेको बताउँदै सेवा विस्तारमा पछिल्लो समय निकै परिवर्तन गरेको बताए । उनले पछिल्लो समय राससले अडियो भिडियोसहित आलेख र विचार सेवा सुरु गरेको बताए ।

नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले साना मिडियालाई विशेष योजनासहित राससले प्याकेज बनाएर सेवा दिनुपर्ने बताए । उनले राससले सञ्चालन गरेको विचार स्तम्भमा सबैको विचार समेट्न सुझाव दिए । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले राससले घटनाप्रधानभन्दा पनि अनसन्धानमूलक समाचारमा जोड दिनुपर्ने बताए ।

राससका बजार प्रमुख राजाराम कार्कीले राससको समाचारको गुणस्तरीयता सम्बन्धमा छलफल गर्ने गरी अभियान लिएर आएको बताए । उनले साना मिडिया बलियो भए मात्रै रासस बलियो हुने बताए ।

नेपाल प्रेस युनियन रुपन्देहीका सभापती रेखा भुसालले सरकारी मुखपत्रका रुपमा रहेको रासस जनताको आवाज बन्दै गइरहेको अनुभूति भएको भन्दै यसलाई निरन्तर कायम राख्न सुझाव दिए । कार्यक्रममा पत्रकार डिवी सुस्लिङ, दिनेश कुमार श्रेष्ठ, प्रदीप आचार्यलगायतले राससलाई समयसापेक्ष बनाउन र सेवाग्राहीले समाचार छिटो पाउने व्यवस्था मिलाउन सुझाव दिएका थिए ।

कार्यक्रममा रासस लुम्बिनी प्रदेश कार्यालय प्रमुख भरत केसीले रासस अध्यक्षसहितको टोली सेवाग्राहीका सुझाव र रासस सेवाका बारेमा जानकारी गराउने उद्देश्यसहित अभियानमा रहेको जानकारी गराएका थिर्ए।

 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १० : ५२ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ