२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

लुम्बिनी पीस ओपन हाफ् म्याराथन प्रतियोगितामा सुरु, देशभरका २ हजार ५ सय ५० जना सडकमा



लुम्बिनी । शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता सुरु भएको छ । अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा देश भरका २ हजार ५ सय ५० महिलापुरुष खेलाडी मैदानमा उत्रिएका छन् । पुर्व प्रधानमन्त्री केपी एमाले अध्यक्ष लुम्बिनीमा शान्ति दीपमा बालेको दीप ओलम्पिक कोच चन्द्र बहादुर घले बिमला राना र मोहन घलेलाइ दिएर प्रतियोगिता सुरु गरेका हुन् । उनी एकेडेमीका संरक्षक पनि हुन । मायादेवी मन्दिर अगाडिबात्त सुरु म्याराथनमा खेलाडीले लुम्बिनी वरपर २ फन्को मारेर २१ किलोमिटरको दुरी पुरा गर्ने छन् ।

प्रतियोगितामा महिलापुरुष दुवैलाई छुट्टाछुट्टै पुरस्कृत गरिने छ । प्रतियोगितामा प्रथम हुने पुरुष खेलाडीलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र, तेस्रोलाई ५० हजार रुपैया नगद पुरस्कार दिइने छ । महिला प्रथम हुनेले १ लाख ५१ हजार नगद पाउने छन् ।

दुवै विधामा दशौंसम्मका लागि नगद पुरस्कार राशीसंगै प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ९ : ०२ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात