३० असार २०८३, मंगलबार | July 15, 2026

व्यवसायी विस्थापित हुने क्रम बढ्दै, रोजाइमा वैदेशिक रोजगारी



घोराही । दाङमा चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा दुई सय ७३ उद्योग तथा फार्म बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग तथा वाणिज्यतर्फ उद्योग तथा फार्म बन्द भएका हुन् ।

कार्यालय प्रमुख लालबहादुर गुरुङका अनुसार बन्द भएका फार्म एक सय ३० उद्योगतर्फ र एक सय ४३ वाणिज्यतर्फका रहेका छन् । अधिकांशले व्यापारमा घाटा लागेको, परिवारका सदस्य विदेश गएकाले चलाउन नसक्ने, विदेश जाने तयारीमा रहेकालगायत कारण उल्लेख गरेको गुरुङले बताए । कार्यालयले बन्द गराउनुको कारण खोजी गर्न थालेको उनको भनाइ छ ।

“पहिला फार्म बन्द गर्नुको कारण मौखिकरुपमा सोध्ने गरिए पनि अहिले लिखितरुपमा नै जानकारी माग्न थालेका छौँ”, प्रमुख गुरुङले भने । विभिन्न समस्याले गर्दा उद्योगी तथा व्यवसायी विस्थापित हुने क्रम बढेको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कसिंह बुढाथोकीले बताए । “दैनिक उद्योगी तथा व्यवसायी विस्थापित हुने क्रम बढदै गएको छ”, उनले भने । कोभिड-१९, आर्थिकमन्दी, घर भाडा एवं बैंकको ब्याज वृद्धिजस्ता कारणले विस्थापित हुने क्रम बढेको उनको भनाइ छ । सरकारले समयमै समस्याको समाधान नगरे अझ धेरै उद्योगी तथा व्यवसायी विस्थापित हुने अध्यक्ष बुढाथोकी बताउछन ।

“व्यापार व्यवसाय दैनिक घट्दै गएको छ, बैंकको व्याज बढेको छ । यसले धेरै समयस्या निम्त्याएको छ”, उनले भने । घोराहीमा मात्र करिब दुई सयभन्दा बढी सटर खाली भइसकेका छन् । यो क्रम निरन्तर बढीरहेको छ ।

तुलसीपुरमा क्षेत्रमा पनि उद्योगी तथा व्यवसायी विस्थापित हुने क्रम बढेको तुलसीपुर उद्योग वाणिज्य सङ्घका महासचिव विनील केसीले जानकारी दिए । तुलसीपुरमा एक सयभन्दा बढी उद्योगी तथा व्यवसायी विस्थापित भएका छन् । “उद्योगी व्यवसायीको यस क्षेत्रबाट अलग हुन खोजेको पाइएको छ”, उनले भने ।

देउखुरी क्षेत्रमा पनि उद्योगी तथा व्यवसायी विस्थापित हुने क्रम जारी रहेको देउखुरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेश्वर खनालले जानकारी दिए । “भाडामा लगाइएका सटर खाली हुँदै गएका छन् । नयाँ सटर भाडामा जान सकेका छैनन्”, उनले भने ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ९ : ३८ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित