१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सेयर बजार ८.२८ अंकले घट्याे



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक ८.२८ अंकले ओरालो लागेर १८६६.७९ को बिन्दुमा आएर रोकिएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ अङ्कले घटेर ३५३ विन्दुमा पुगेको छ। यसअघि बुधबारको कारोबारमा भने नेप्से परिसूचक ८.३९ अंकले उकालो लागि १८७५ विन्दुमा अडिएकाे थियो । सोही दिन ८१ करोड ६० लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार कूल २६९ कम्पनीको २८ लाख ७० हजार ८१९ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड भन्दाबढी रुपैयाँको कारोबार भएको छ। यसैगरी, नेप्से सुचकमा ४८ कम्पनीमा वृद्धि भएको छ । १६५ कम्पनीमा ओरालो लागेको र ५ कम्पनी स्थिर रहेको छ ।

त्यस्तै, कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ४ करोड ९२ लाखको कारोबार गरेको छ । नेपाल रिइन्सयोरेन्स कम्पनी दोश्रो स्थानमा छ । उक्त कम्पनीले २ करोड ९६ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।

बिहीबार १३ उपसुचक मध्ये ३ कम्पनी बाहेक सबै कम्पनी ओरालो लागेको छ । बैंकिङ सवइन्डेक्स, निर्जीवन बिमा र निर्माण ट्रेडिङ सूचक कम्पनीमा सामान्य वृद्धि भएको छ । ओरालो लागेको कम्पनीहरु मध्ये सबैभन्दा धेरै विकास बैंक, फाइनान्स र हाइड्रोपावर सुचकको १ प्रतिशतले ओरालो लागेको हो ।

आजको कालिन्चोक दर्शन र सिटिजन म्युचुअल फण्डको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ४ : ०८ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो