३१ असार २०८३, बुधबार | July 15, 2026

माओवादीले आगामी नीति तथा कार्यक्रमका लागि पार्टीका विभागहरुबाट सुझाव सङ्कलन गर्ने



काठमाडों । नेकपा (माओवादी केन्द्र) ले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा सुझाव सङ्कलन गर्नेभएको छ ।

सरकारको नेतृत्व गरिरहेको सो पार्टीको कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय ३४ विभागका प्रमुखहरुसँगको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा सुझाव माग गरेका थिए ।

नीति तथा कार्यक्रमबारे पाँच दिनभित्र सुझाव दिन पार्टीका केन्द्रीय विभागका प्रमुखलाई आग्रह गरिएको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए । आगामी आवको बजेट दीर्घकालीन रूपमा महत्व राख्ने बजेट ल्याउन लागेकाले आआफ्नो विभागका तर्फबाट सुझाव दिन आग्रह गरिएको उनको भनाइ छ ।

उनले भने, “आगामी आवका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे सुझाव सङ्कलनको काम चलिरहेको छ, हाम्रो पार्टीले पनि आफ्ना कमिटीलाई पनि सुझाव सङ्कलनका लागि आग्रह गरेको छ, प्राप्त सुझाव अध्ययन गरेर नीति तथा कार्यक्रममा समेटिने छ”, माओवादकिा विभागहरुले विषय विज्ञलाई राखेर प्रधानमन्त्रीलाई लिखित रूपमा सुझाव दिने तयारी गरेको पनि पौडेलले बताए ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  १० : ३६ बजे

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित ठिनी खोलामा पक्की मोटरेबल

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

लमजुङ । ‘कालो सुन’का रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

भोजपुर । वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले

बागलुङमा सिँचाइ सुविधा विस्तार

बागलुङ । बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना