१६ असार २०८३, मंगलबार | July 1, 2026

आईपीएल : लखनउको दोस्रो जित



काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको छ ।

जारी सिजनमा लखनउको दोस्रो जित हो । उसले पहिलो खेलमा दिल्लीलाई ५० रनले हराउँदा चेन्नई सुपर किंग्ससँग भने १२ रनको हार बेहोर्‍यो । तेस्रो खेलमा हैदराबादले दिएको १ सय २२ रनको सामान्य लक्ष्य लखनऊले १६ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।

उसका लागि कप्तान केएल राहुलले ३५, कृणाल पाण्ड्याले ३४ र कायल मेयर्सले १३ रन बनाए । निकोलस पूरन ११ र मार्कस स्टोइनिस ११ रनमा अविजित रहे ।

हैदराबादका लागि आदिल राशिदले दुई, उमरान मलिक, फजदहक फारुकी र भुवनेश्वर कुमारले एकरएक विकेट लिए । त्यसअघि लखनउस्थित अटल बिहारी वाजपेयी एकना स्टेडियममा टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २१ रन बनायो ।

उसका लागि राहुल त्रिपाठीले ३४, अनमोलप्रीत सिंहले ३१, अब्दुल समदले अविजित २१ र वासिङ्टन सुन्दरले १९ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । लखनउका लागि कृणाल पाण्ड्याले तीन, अमित मिश्राले दुई, रवि विश्नोई र यश ठाकुरले एकरएक विकेट लिए ।

यो जितसँगै लखनउ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले तीन खेलबाट ४ अंक जोडेको छ । लगातार दोस्रो हार बेहोरेको हैदराबाद पुछारमा रहेको छ । ऊ पहिलो खेलमा राजस्थान रोयल्ससँग ७२ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ७ : ०५ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी