काठमाडौं । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच भेट भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।
संसद्लाई प्रभावकारी बनाउनका लागि आजको छलफलको आयोजना गरिएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जनाएका छन् ।





















प्रतिक्रिया