४ पुस २०८२, शुक्रबार | December 19, 2025

संविधानको रक्षा गर्न गठबन्धन परिवर्तन भयो : जनार्दन शर्मा



बुटवल । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा जनताको मनोभावना सम्बोधन भएको दाबी गरेका छन् । सुरु हुँदै गरेको नयाँवर्ष २०८० को अवसरमा प्रेस सेन्टर रुपन्देहीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले संबिधानको रक्षामा केन्द्रीत रहेर साझा कार्यक्रम तयार भएको बताए ।

उनले संबिधान र लोकतन्त्रको रक्षा हुन सके त्यस भित्रै प्रेस स्वतन्त्रताले पनि स्थान पाउने बताउँदै प्रेसले अधिकार पाउन र स्वतन्त्र उपभोग गर्न लोकतन्त्रको रक्षा गर्न आवश्यक रहेको बताए । उनले आउँदो नयाँ वर्षलाई आफुहरुले खुसियालीकारुपमा भन्दा चुनौतीको वर्षमा लिएको बताउँदै जनताको अपेक्षा पुरा हुने गरि काम गर्ने चुनौती सत्ता साझेदार दलहरुलाई थपिएको बताए ।

संबिधानको रक्षाका लागि गठबन्धन परिवर्तन गर्नु परेको उनले बताए । राजनीतिक परिवर्तन भएपनि जनताले परिवर्तनको अनुभूति गर्न नसकेको टिप्पणी गर्दै उनले त्यसकालागि राष्ट्रिय अभियान चलाउन जरुरी भएको बताए । पूर्व अर्थमन्त्री समेत रहेका माओवादी नेता शर्माले नेपाललाई अर्गानीक राष्ट्र बनाउन सकिने दाबी पनि गरे । उनले खानी, पर्यटन र कृषीलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताउँदै समृद्ध राष्ट्र बनाउन उत्पादनलाई राष्ट्रिय अभियानकारुपमा चलाउनु पर्ने बताए । राष्ट्र अन्तर्राष्ट्रिय कुरा छाडेर राष्ट्रिय अभियानकारूपमा उत्पादनमा लाग्न पर्ने उनको भनाई छ । नेता शर्माले समयको मागलाई नेताको क्षमताले भेट्न नसकेको टिप्पणी गर्दै हाललाई मिलेर जाने मेन्डेटमा चल्नु अहिलेको अनिवार्य सर्त भएको जिकिर गरे ।

उनले सरकारले सार्वजनिक गरेको साझा कार्यक्रम कार्यान्वयनमा खबरदारी गर्न पत्रकारलाई आह्वान पनि गरे । पत्रकारहरुको बलियो खबरदारीले मात्र सहीढंगले कार्यान्वयन हुन सक्ने उनले बताए ।

कार्यक्रममा माओवादी नेता चक्रपाणी खनाल, सुदर्शन बराल, पत्रकार महासंघका रुपन्देही अध्यक्ष रामराज पोखरेल, प्रदेश महासचिव बिक्रम खड्का लगायतले नयाँवर्ष २०८० को अग्रिम शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा उपमहासचिव शर्माले प्रेस सेन्टरले प्रकाशन गरेको २०८० को क्यालेण्डर बिमोचन गरेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ६ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको