९ पुस २०८२, बुधबार | December 24, 2025

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश बरालको इजलासको तेस्रो नम्बरमा



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको एकल इजलासको तेस्रो नम्बरमा सन्दीपविरुद्धको मुद्दाको पेसी तोकिएको हो ।

यसअघि लगातार दुईपटक तोकिएको पेसीको सुनुवाइ स्थगित गरिएको थियो । पहिलो पेसीमा सन्दीप पक्षका कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रो समय अभावका कारण नभ्याइनेमा राखिएको थियो ।

एक नाबालिकलाई जबरजस्ती करणी गरेको आरोपमा उनीविरुद्ध मुद्दा चलेको हो । यसअघि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई पाटन उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

उक्त आदेशपछि सन्दीप थुनामुक्त भएका छन् । उनी थुना बाहिर रहेर कानुनी संघर्ष गरिरहेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  १ : ०७ बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)