९ पुस २०८२, बुधबार | December 24, 2025

संस्कृती पर्यटन राज्यमन्त्री श्रीपालीद्धारा बुद्धजन्मस्थलको भ्रमण



लुम्बिनी । संस्कृती पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छिन । राज्यमन्त्री भएपछि पहिलोपटक बुद्धजन्मस्थ आएकी राज्यमन्त्री सिर्पालीलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ ।

कोषका उपाध्यक्ष भिक्षुु मैत्तय, सदस्य सचिव सानुराजा शाक्य, परिषद सदस्य श्रीराम यादव, बोर्ड सदस्य विश्वराज पौडेल, सुचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले स्वागत गरे । मन्त्री सिर्पालीले मायादेवि मन्दिरको दर्शनसँगै गौतमबुद्धको जन्मस्मारक, अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचा र शान्तिदिप क्षेत्रको निरीक्षण गर्दै जानकारी लिइन ।

बुुद्धजन्मस्थल लुम्बिनीको भ्रमणपछि राज्यमन्त्री श्रीपालीले बुद्ध दर्शनको हिसाबले अझ विस्तार गर्ने गरि सरकारले काम गर्ने बताइन । उनले लुम्बिनीलाई विश्वमाझ चिनाउनका लागि गुणात्मक हिसाबले काम गर्नुपर्ने आवश्यकता देखेको बताइन ।

राज्यमन्त्री सिर्पालीले आफूू लुम्बिनी प्रदेशकै बासिन्दा भएकाले पनि बुद्धजन्मस्थलको विश्वव्यापी प्रचार र बौद्ध दर्शनको प्रभाव विस्तारका लागि क्रियाशिल हुने प्रतिबद्धता जनाइन ।

उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, सदस्य सचिव सानुराजा शाक्य र सूचना तथा जनसम्पर्क प्रमुख राईले लुम्बिनि र बुद्वका बारेमा जानकारी दिएका थिए । राज्यमन्त्री श्रीपालीले मुख्य नहरमा डुंगा शेयर समेत गरिन । उनले थाई विहारको अवलोकन गर्दै लुम्बिनीमा रहेका बिहारहरुको बारेमा जानकारी लिइन ।

राज्यमन्त्रीसँगै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य किस्मत विश्वकर्मा, राज्यमन्त्री सचिवालयका प्रेस संयोजक गोपी ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ७ : ३९ बजे

एभरेष्ट माविको सांस्कृतिक कार्यक्रममा अतिरञ्जित प्रचारप्रति विद्यालय प्रशासनको आपत्ति

बुटवल । बुटवल-८ सुख्खानगरमा अवस्थित एभरेष्ट माध्यमिक विद्यालयले आफ्ना शैक्षिक

लुम्बिनीका पर्यटकीय गन्तव्य विश्वसामु चिनाउन पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न

लुम्बिनी । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले

दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य

बुटवल । वातावरणको दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन अनिवार्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द

बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका