२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

संस्कृती पर्यटन राज्यमन्त्री श्रीपालीद्धारा बुद्धजन्मस्थलको भ्रमण



लुम्बिनी । संस्कृती पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छिन । राज्यमन्त्री भएपछि पहिलोपटक बुद्धजन्मस्थ आएकी राज्यमन्त्री सिर्पालीलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ ।

कोषका उपाध्यक्ष भिक्षुु मैत्तय, सदस्य सचिव सानुराजा शाक्य, परिषद सदस्य श्रीराम यादव, बोर्ड सदस्य विश्वराज पौडेल, सुचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले स्वागत गरे । मन्त्री सिर्पालीले मायादेवि मन्दिरको दर्शनसँगै गौतमबुद्धको जन्मस्मारक, अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचा र शान्तिदिप क्षेत्रको निरीक्षण गर्दै जानकारी लिइन ।

बुुद्धजन्मस्थल लुम्बिनीको भ्रमणपछि राज्यमन्त्री श्रीपालीले बुद्ध दर्शनको हिसाबले अझ विस्तार गर्ने गरि सरकारले काम गर्ने बताइन । उनले लुम्बिनीलाई विश्वमाझ चिनाउनका लागि गुणात्मक हिसाबले काम गर्नुपर्ने आवश्यकता देखेको बताइन ।

राज्यमन्त्री सिर्पालीले आफूू लुम्बिनी प्रदेशकै बासिन्दा भएकाले पनि बुद्धजन्मस्थलको विश्वव्यापी प्रचार र बौद्ध दर्शनको प्रभाव विस्तारका लागि क्रियाशिल हुने प्रतिबद्धता जनाइन ।

उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, सदस्य सचिव सानुराजा शाक्य र सूचना तथा जनसम्पर्क प्रमुख राईले लुम्बिनि र बुद्वका बारेमा जानकारी दिएका थिए । राज्यमन्त्री श्रीपालीले मुख्य नहरमा डुंगा शेयर समेत गरिन । उनले थाई विहारको अवलोकन गर्दै लुम्बिनीमा रहेका बिहारहरुको बारेमा जानकारी लिइन ।

राज्यमन्त्रीसँगै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य किस्मत विश्वकर्मा, राज्यमन्त्री सचिवालयका प्रेस संयोजक गोपी ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ७ : ३९ बजे

पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न विज्ञानमन्त्री पुनको आग्रह

काठमाडौं । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र

कैलालीको गोदावरीमा बगेर दुई महिलाको मृत्यु

कैलाली । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको छ

करका दर हेरफेर आर्थिक अपराध हो, संसदीय छानबिन हुनुपर्छ : वर्षमान पुन

काठमाडौं । करका दर हेरफेर प्रकरणलाई लिएर विपक्षी दलहरूले शुक्रबार

तोलामा पाँच हजारले बढ्यो सुनको मूल्य, चाँदीको कति

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा नौ