२ पुस २०८२, बुधबार | December 18, 2025

प्रेममा पारेर ६० लाख ठग्ने युवक पक्राउ



काठमाडौं । सामाजिक सञ्जालमा जोडिएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत घर भएका २६ वर्षीय विश्व शर्मा रहेका छन् ।

आरोपित शर्माले सामाजिक सञ्जाल फेसबुकमा महिलाको नक्कली फेसबुक अकाउन्ट बनाएर पीडितलाई फ्रेन्ड रिक्वेस्ट पठाइ ठगी गरेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

साथी भएपछि वार्तालाप हुँदै जाँदा उनीहरूको सम्बन्ध प्रेममा परिणत भएको र प्रेममा पारिसकेपछि शर्माले नक्कली आईडीबाट पीडित युवालाई विभिन्न प्रलोभनमा पारेर रकम माग गर्न थालेको प्रहरीको भनाइ छ ।

यसरी विभिन्न समयमा प्रलोभनमा पारेर पीडित युवाबाट ६० लाख रुपैयाँ बढी ठगी गरेको उजुरी साइबर ब्यूरोमा परेको थियो । त्यही उजुरीमाथिको अनुसन्धानका क्रममा शर्मा पक्राउ परेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शर्माले आफ्नै महिला साथीको फोटो दुरुपयोग गरी नक्कली अकाउन्ट बनाएको देखिएको छ । शर्मालाई सामाजिक सञ्जालको दुरुपयोग गरी भएको ठगी अन्तर्गतको कसुरमा जिल्ला अदालतको आदेशले पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  १० : १८ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल