१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

अर्कैको जग्गाको नक्कली जग्गा धनी पुर्जा बनाई ठगी गर्ने ३ जना पक्राउ



नेपालगन्ज । अर्कैको जग्गाको नक्कली जग्गा धनी श्रेस्ता बनाई बैंकमा धितो राखेर बैंकबाट रकम निकाल्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली लालपुर्जा तयार गरि बैंकमा धितो राखेर रकम ठगी गर्ने कार्यमा संलग्न ३ जनालाई काठमाडौं प्रहरीको सहयोगमा बाँके प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक बनेपा नगरपालिका वडा नं.१ का गौरव कार्की, ईश्वरी माया रोका र बारा जितपुर नगरपालिका वडा. ३ का दिलिप कुमार सिंह रहेका छन् । उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुले बाँके डुडुवा -५ मा जुम्ला चन्दननाथ नगरपालिका वडा -८ बस्ने रेशमा श्रेष्ठको नाममा दर्ता श्रेष्ता कायम रहेको कित्ता नम्बर ९५१ र ९५२ क्षेत्रफल ११,०६०.३८ बर्गमिटर (१ बिहगाहा १३ कठ्ठा) जग्गाको नक्कली जग्गा धनी पुर्जा बनाएर बैंकमा धितो समेत राखेका थिए । ।

पक्राउ परेकाहरुले नक्कली जग्गाधनी पुर्जा बनाई मुक्तिनाथ विकास बैंक लिमिटेड लगनटोल काठमान्डौबाट रु १ करोड २० लाख रकम कर्जा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी आयूश प्रसाद जोशीले जानकारी दिए ।

बैंकबाट कर्जा खडा गरेर प्राप्त रकम बाँडि ठगी गरेको अभियोगमा काठमाडौं प्रहरीको सहयोगमा काठमाडौंको बुद्दनगर र कोटेश्वरबाट पक्राउ गरि जिप्रका बाँकेमा ल्याई अनुसन्धान भईरहेको डीएसपी जोशीले बताए ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ८ : ५८ बजे

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी