२९ माघ २०८१, मंगलबार | February 11, 2025

अर्कैको जग्गाको नक्कली जग्गा धनी पुर्जा बनाई ठगी गर्ने ३ जना पक्राउ



नेपालगन्ज । अर्कैको जग्गाको नक्कली जग्गा धनी श्रेस्ता बनाई बैंकमा धितो राखेर बैंकबाट रकम निकाल्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली लालपुर्जा तयार गरि बैंकमा धितो राखेर रकम ठगी गर्ने कार्यमा संलग्न ३ जनालाई काठमाडौं प्रहरीको सहयोगमा बाँके प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक बनेपा नगरपालिका वडा नं.१ का गौरव कार्की, ईश्वरी माया रोका र बारा जितपुर नगरपालिका वडा. ३ का दिलिप कुमार सिंह रहेका छन् । उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुले बाँके डुडुवा -५ मा जुम्ला चन्दननाथ नगरपालिका वडा -८ बस्ने रेशमा श्रेष्ठको नाममा दर्ता श्रेष्ता कायम रहेको कित्ता नम्बर ९५१ र ९५२ क्षेत्रफल ११,०६०.३८ बर्गमिटर (१ बिहगाहा १३ कठ्ठा) जग्गाको नक्कली जग्गा धनी पुर्जा बनाएर बैंकमा धितो समेत राखेका थिए । ।

पक्राउ परेकाहरुले नक्कली जग्गाधनी पुर्जा बनाई मुक्तिनाथ विकास बैंक लिमिटेड लगनटोल काठमान्डौबाट रु १ करोड २० लाख रकम कर्जा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी आयूश प्रसाद जोशीले जानकारी दिए ।

बैंकबाट कर्जा खडा गरेर प्राप्त रकम बाँडि ठगी गरेको अभियोगमा काठमाडौं प्रहरीको सहयोगमा काठमाडौंको बुद्दनगर र कोटेश्वरबाट पक्राउ गरि जिप्रका बाँकेमा ल्याई अनुसन्धान भईरहेको डीएसपी जोशीले बताए ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ८ : ५८ बजे

युरोप निर्यात हुन थाले बटुका

झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल,

पैदल यात्रुको सुरक्षाका लागि ‘पेलिकन’ जडान

काठमाडौँ । सडक पार गर्दा पैदल यात्रुको सुरक्षालाई प्राथमिकतामा राखी

आइएमई लिमिटेडको स्टोरी एम्बेसडरमा साइग्रेस पोख्रेल नियुक्त

काठमाडौं । आइएमई लिमिटेडले सन्तोष पोखरेललाई स्टोरी एम्बेसडरमा नियुक्त गरेको

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको

‘सिभिल इन्जिनियर’ अध्ययन गरेर व्यवसायिक कागतीखेती रमाउँदै प्रतीक

घोराही । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा