१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

प्रिमियर लिगमा आर्सनल र लिभरपुलको बराबरी गोल



काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल घरेलु टोली लिभरपुलसँग बराबरीमा रोकिएको छ ।

सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले लिभरपुलसँग अंक बाँडन बाध्य भएको छ । सो खेल २-२ को बराबरीमा सकिएको थियो ।

आइतबार राति एनफिल्डमा  भएको खेलको ८ औं मिनेटमा मार्टिनेलीको गोलबाट आर्सनलले अग्रता लिएको थियो । पहिलो हाफको २८ औं मिनेटमा गाब्रिएल जेससले अर्को गोल थपे पछि आर्सनल २-० को अग्रता कायम गर्न सफल भयो ।

तर, त्यो अग्रतालाई आर्सनलले जोगाउन सकेन । ४२ औं मिनेटमा सलाहले गोल गर्दे लिभरपुललाई २-१ को स्थितिमा फर्काए ।

दोस्रो हाफको ५४ औं मिनेटमा सलाह पेनाल्टीमा चुक्दा लिभरपुलले आर्सनलसँग बराबरी हुने मौका गुमायो । तर, निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी रहँदा अर्थात ७८ औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई हारबाट मात्रै जोगाएनन खेल नै बराबरीमा राखिदिए ।

यस खेलबाट आर्सनलको ३० खेलबाट ७३ अंकसहित अग्रस्थानमा छ भने लिभरपुल २९ खेलबाट ४४ अंक जोडेर आठौं स्थानमा सिमित रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ७ : ४६ बजे

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

एन आई सी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४’

काठमाडौ । एन आई सी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि