३० भदौ २०८३, मंगलबार | September 15, 2026

प्रिमियर लिगमा आर्सनल र लिभरपुलको बराबरी गोल



काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल घरेलु टोली लिभरपुलसँग बराबरीमा रोकिएको छ ।

सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले लिभरपुलसँग अंक बाँडन बाध्य भएको छ । सो खेल २-२ को बराबरीमा सकिएको थियो ।

आइतबार राति एनफिल्डमा  भएको खेलको ८ औं मिनेटमा मार्टिनेलीको गोलबाट आर्सनलले अग्रता लिएको थियो । पहिलो हाफको २८ औं मिनेटमा गाब्रिएल जेससले अर्को गोल थपे पछि आर्सनल २-० को अग्रता कायम गर्न सफल भयो ।

तर, त्यो अग्रतालाई आर्सनलले जोगाउन सकेन । ४२ औं मिनेटमा सलाहले गोल गर्दे लिभरपुललाई २-१ को स्थितिमा फर्काए ।

दोस्रो हाफको ५४ औं मिनेटमा सलाह पेनाल्टीमा चुक्दा लिभरपुलले आर्सनलसँग बराबरी हुने मौका गुमायो । तर, निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी रहँदा अर्थात ७८ औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई हारबाट मात्रै जोगाएनन खेल नै बराबरीमा राखिदिए ।

यस खेलबाट आर्सनलको ३० खेलबाट ७३ अंकसहित अग्रस्थानमा छ भने लिभरपुल २९ खेलबाट ४४ अंक जोडेर आठौं स्थानमा सिमित रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ७ : ४६ बजे

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले