३१ असार २०८३, बुधबार | July 15, 2026

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । पहिलो अधिवेशनको २२औं बैठक बस्न लागेको हो । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्नेछ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

सभामुख देवराज घिमिरले शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सभामुखले ‘प्रतिनिधिसभाको यो बैठक नेपाली कांग्रेस पार्टीबाट वि.सं. २०१५ सालको आमनिर्वाचनमा धनकुटा जिल्लाको साविक क्षेत्र नं. २६ बाट निर्वाचित सदस्य, प्रजातन्त्र स्थापना तथा पुनर्स्थापनाका आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका श्री तेजमान तुम्बाहाम्फेको ९७ वर्षको उमेरमा मिति २०७९ साल चैत २४ गते शुक्रबार असामयिक निधन भएकोमा उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक-सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ’ भन्ने शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ७ : ०२ बजे

प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्ष दलको बिरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्षी दलहरूले बिरोध जनाएका

लुम्बिनी प्रदेशमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत

दाङ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत प्रदेश तथा स्थानीय शासन सवलीकरण

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

काठमाडौँ । मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा

बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी

बुटवल । बुटवलमा टीभिएस मोटर कम्पनीले नयाँ टीभिएस अपाचे आरटीआर

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा