२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डो¥याउनुपर्छ : उपराष्ट्रपति यादव



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षले देशमा दीगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर, उत्साह थप्ने विश्वास व्यक्त गरेका छन ।

नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश दिदै उनले नयाँ वर्षमा उमङ्गका साथ समाजमा विद्यमान सबैखाले शोषण, उत्पीडन र विभेदको अन्त्य गर्दै सङ्घीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य हासिल गर्न तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न प्रेरित गरोस् भनी कामना गरेका छन ।

उपराष्ट्रपति यादवले देशमा प्राकृतिक बरदानको रुपमा रहेको जल, जमिन, जङ्गल, जडीबुुटी र जनशक्ति जस्ता महत्वपूर्ण स्रोतसाधनको उच्चतम सदुपयोग गरी मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डो¥याउन लक्षित हुनुपर्नेमा जोड दिए । उनले दीगो विकासको लक्ष्य हासिल गर्न तथा सामाजिक न्यायसहितको समातामूलक समाज स्थापना गर्न आह्वान गरेका छन ।

उपराष्ट्रपति यादवले सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, भाइचारा र सौहार्दपूर्ण भावना अभिवृद्धि गर्दै अघि बढ्न स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन । उनले नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव भएको र हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ सङ्कल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्दै आएको उल्लेख गरे ।

उपराष्ट्रपति यादवले संविधान जारी भएको सात वर्ष बितिसक्दा पनि सङ्घीयतालाई कार्यान्वयन गर्ने, राज्यका हरेक अङ्ग र निकायमा समानुपातिक समावेशितालाई बलियो बनाउने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने काम अझै चुनौतिपूर्ण रहेको सन्देशमा उल्लेख गरेका छन ।

“गत वर्ष विश्वव्यापी रूपमा देखापरेका मन्दीले मुलुकको जनजीवन र अर्थतन्त्रमा चुनौतीहरू थप्यो । प्राकृतिक विपद्का कारण जनधनको क्षति हुनका साथै निर्माण सम्पन्न भइसकेका पूर्वाधारमा नोक्सानी हुन पुग्यो । त्यसको परिणाम स्वरूप औद्योगिक उत्पादन तथा व्यावसायिक क्षेत्रमा आएको ह्रास, बढ्दो व्यापारघाटा, न्यून पुँजीगत खर्च, घट्दो राजस्व सङ्कलन, पुँजी बजारमा आएको गिरावट, वित्तीय क्षेत्रमा तरलता सङ्कुचन लगायतका समस्याले अर्थतन्त्रमा समस्या सिर्जना ग¥यो,” शुभकामना सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ६ : ५१ बजे

परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

सुस्तामा नेपाली भूमीमा भारतीय एसएसबीको गस्ती, सुस्ताबासीको प्रतिकार

नवलपरासी(सुस्तापश्चिम) । नवलपरासी (सुस्तापश्चिम)को सुस्तामा नेपाली भूमीमा आएर नेपालीहरुलाई धम्की

सुनौलो इतिहास रहेको कन्या मन्दिरप्रति छात्राको आकर्षण

काठमाडौं । नेपालको पहिलो छात्रा विद्यालयका रुपमा परिचित ‘कन्या मन्दिर

गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड

काठमाडौं । सांसदहरूले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा जोड

केही नेपाल ऐन संशोधन विधेयकमाथि सर्वसाधारणसँग राय माग

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल