३० चैत्र २०८२, सोमबार | April 13, 2026

जङ्गलको जग्गा दिलाईदिने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ



नेपालगन्ज । बाँकेको जङ्गल क्षेत्रमा रहेको ऐलानी जग्गामा बसोबास मिलाइदिने प्रलोभनमा पारी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

दुर्गम पहाडी जिल्लाबाट थुप्रैको सङ्ख्यामा बाँकेको बैजनाथा गाउँपालिकाको पितमारी नजिकैको जङ्गलमा सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने भन्दै उनीहरुले ठगी गरेका थिए ।

प्रतिव्यक्ति रु पाँच सयदेखि रु एक हजारसम्मको फारम भराएर पैसा असुल्ने गिरोहमध्येका तीन जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार गिरोहले झण्डै एक हजार पाँच सयको सङ्ख्यामा पहाडी जिल्लाका विभिन्न ठाउँबाट सुकुम्वासीका नाममा बाँकेको बैजनाथ– २ पितमारीको जङ्गलमा लगेर बस्ती बसाउँदै गर्दा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिएकामध्ये जाजरकोटको नलगाड नगरपालिका–११ का ४४ वर्षीय नरबहादुर कामी, सोही जिल्लाको कुशे गाउँपालिका–४ का ३८ वर्षीय मोहनजङ्ग शाह र डोल्पा जिल्ला ठूलीभरी नगरपालिका–७ कि ६० वर्षीय सुनरुपा ठकुल्ला रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिद्यदा अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान थालिएको डीएसपी तीवारीले बताए ।

जङ्गल अतिक्रमण गरेर बस्ती बसाउन लागेको सूचना थाहा पाएसँगै प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको डिएसपी तिवारीले बताए । “केही दिनअघिदेखि नै कोहलपुर क्षेत्रमा शङ्कास्पद मानिसको चहलपहल बढेको कुरालाई हामीले विचार गरिरहेका थियौ, सूचनाका आधारमा ती व्यक्तिलाई सुकुम्वासी बनाएर जङ्गल अतिक्रमण गर्ने योजना रहेको थाहा पाएपछि हामीले नियन्त्रणमा लिएका हौँ”, डिएसपी तिवारीले भने ।

जाजारकोट, सल्यान, रुकुम, मुगु, डोल्पा लगायतका पहाडी जिल्लाका मानिसलाई झण्डै एक महिना अघिदेखि नै कोहलपुरमा रहेका आफन्तको घरमा बसालेर जङ्गल अतिक्रमण गर्न भनि ल्याइएकामध्ये धेरैजसो महिला बालबालिका ज्येष्ठ नागरिक रहेको तिवारीको भनाइ छ ।

उनका अनुसार बस्ती बस्न भनि आएकामध्ये तीन सयभन्दा बढीलाई इलाकाले नै गाडीको व्यवस्था गरेर फर्काइएको छ । बाँकी आफन्तकोमा नै लुकेर बसेको र उनीहरुको पनि खोजी जारी रहेको उनले बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले ऐलानी जग्गा पाइन्छ भनेर झुटा आश्वासन दिँदै जनतालाई दुःख दिने र उनीहरुबाट पैसा असुल्ने गिरोहलाई खोजेर काबारही गरिने बताए ।

 

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ९ : ३९ बजे

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल

सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी