१४ बैशाख २०८३, सोमबार | April 27, 2026

आईपीएल : लखनउलाई हराउँदै चौथो स्थानमा उक्लियो पञ्जाब



काठमाडौं । लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै पञ्चाब किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल)को चौथो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा पञ्जाबले लखनउविरुद्ध २ विकेटको जित हात पार्‍यो ।

घरेलु मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रनको योगफल बनायो । १६० रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले १९.३ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

पञ्चावका लागि सिकन्दर राजाले सर्वाधिक ५७ रन बनाए। उनले ३ छक्का र ४ चौका प्रहार गरे । यस्तै, म्याथ्यू शर्टले ३४ रन बनाए भने शाहरुख खानले अविजीत २३ रन बनाए । हरप्रति सिंहले २२ रन बनाए ।

पञ्जाबले निकै खराब सुरुवात गर्ने क्रममा अर्थव टाइड शून्य र प्रवसिमरनसिंह ४ रनमै आउट भए । अरु ब्याट्सम्यानले पनि राम्रो प्रदर्शन गर्न नसक्दा धर्मराएको पञ्जाबको पारी पाँचौं नम्बरमा आएका सिकन्दर राजाले उकासे ।

पञ्जाबविरुद्ध लखनउका लागि युद्धविर सिंह, मार्क वूड र रवि बिस्नोइले समान २-२ विकेट लिए । यस्तै, क्रिस्नप्पा गोथाम र क्रुनाल पाण्ड्याले समान १-१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा १५९ रन बनाउँदा कप्तान केएल राहलले ७४ रन बनाए। कायल मार्सले २९ रन जोडे । क्रुनाल पाण्ड्याले १८ तथा मार्कस स्टोनिसले १५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

लखनउविरुद्ध पञ्जाबका साम कुर्रनले ३ तथा कासिगो राबडँले २ विकेट लिए । यस्तै, अर्सदीप सिंह, हरप्रित ब्रार र सिकन्दर राजाले समान १-१ विकेट लिए ।

जितसँगै पञ्जाब ५ खेलबाट ६ अंक जुटाउँदै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । ५ खेलबाटै ६ अंक जुटाएको लखनउ रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ८ : ०२ बजे

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुरको पूर्वी खण्डको दाउन्ने

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत्

पोखरा सभागृह पुनर्निर्माण गरिने

पोखरा । पोखरा सभागृहलाई पुनर्निर्माण गर्दै सुविधासम्पन्न बनाइने भएको छ

सुरक्षित गर्भपतन सेवा असुरक्षित : रोकिएन अकालमा आमाहरुको मृत्यु

काठमाडौं । विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन

अस्पतालहरुको सेवाको गुणस्तर सुधार गर्न निर्देशन

। जिल्लाका सरकारी, निजी अस्पताल र स्वास्थ्य संस्थाका व्यवस्थापक एवं