३ पुस २०८२, बिहिबार | December 18, 2025

एमबाप्पेको कीर्तिमानी गाेलसँगै पिएसजीको लेन्समाथि विजयी



काठमाडौं । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको कीर्तिमानी गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्स लिग वानमा लेन्सलाई सहजै पराजित गरेको छ ।

पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलमा पिएजीले लेन्समाथि ३-१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा एमबाप्पेसँगै लियोनेल मेस्सी र भिटिन्हाले गोल गरे । लेन्सका प्रजेमिस्लाव फ्रान्कोस्कीले एक गोल फर्काए ।

लिगको शीर्षस्थानमा  पिएसजी छ भने दोस्रो स्थानमा लेन्स छ । शनिबार राति भएको खेलमा एक गोल गरेसँगै एमबाप्पे लिग वानमा पिएसजीको सर्वाधिक गोलबर्ता बनेका छन् । उनले एडिन्सन काभानीको कीर्तिमानलाई तोडेका हुन् । एमबाप्पेले १६९औं लिग खेलमा १३९ औं गोल गरेका हुन् ।

यस जितसँगै पिएसजीले शीर्षस्थानमा ९ अंकको स्पष्ट अग्रता बनाएको छ । पिएसजीको ३१ खेलबाट ७२ अंक पुगेको छ । पराजित लेन्स ६३ अंक जोडेर दोस्रो स्थानमा यथावत छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ८ : ०४ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा