९ जेष्ठ २०८१, बुधबार | May 22, 2024

एमाले सांसदले जारी गरे संसदमा प्रधानमन्त्री प्रचण्ड हराएको सूचना



काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री हराएको सूचना जारी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद पन्तले शुन्य समयमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना गरेका हुन् । संसदमा बैठकमा प्रधानमन्त्री प्रचण्ड अनुपस्थित भएको भन्दै सांसद पन्तले व्यंग्यस्वरुप प्रधानमन्त्री हराएको सूचना वाचन गरेका हुन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड हराएको सूचना वाचन गर्दै सांसद पन्तले भने, ‘नागरिकताको नाम पुष्पकमल दाहाल, चलनचल्तीको नाम प्रचण्ड, स्थायी ठेगाना फेरिराख्ने, अस्थायी ठेगाना कहिले खुमलटार कहिले बालुवाटार, हुलिया पहिले पहिले कोट पाइन्ट लगाउने गरे पनि हाल दौरा सुरुवाल र टोपी पनि लगाउने उमेर ६५ नाघेर ७० नपुगेको जस्तो देखिने । उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाऊ ।’

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ३ : ४१ बजे

नन्दिनी गौशालालाई बुटवल १० का वडाबासीको तर्फबाट अहार बिहार प्रदान

बुटवल । छाडा चौपाया नियन्त्रण र गौशालाको व्यवस्थापन एकैपटक गरिएपछि

नेपाल र बेलायतबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको सय वर्ष पूरा : बेलायती प्रधानमन्त्रीद्वारा स्वागत समारोह आयोजना

काठमाडौं । नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एकसय

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक

समानीकरण अनुदान कटौती हुँदैन- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई

बस्ती पसेको बाघ नियन्त्रणमा

चितवन । चितवनमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ ।