१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

जम्मु काश्मिरमा भारतीय सेना माथी हमला, पाँच सैनिक जवानको मृत्यु



नयाँदिल्ली । भारतीय सेनामाथि आतंककारी आक्रमण हुँदा पाँच सैनिक जवानको मृत्यु भएको छ ।

जम्मु कश्मीरस्थित पुँछ भन्ने इलाकामा भारतीय सेनाको गाडीमा लक्षित गरेर प्रहार गरिएको ग्रिनेड आक्रमणमा परी पाँच भारतीय सैनिकको मृत्यु भएको हो ।

भारतीय सेनाका अनुसार बिहीबार दिउँसो करिब ३ बजेको समयमा सेना चढेको गाडीमा आतंककारीहरुले हाते ग्रिनेडले आक्रमण गरेका थिए । त्यसपछि गाडीमा आगलागी भएको थियो । सो आक्रामणमा परी राष्ट्रिय राइफल्सका पाँच जवानको मृत्यु भएको हो ।

भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरले सो आक्रमणमा चरमपन्थी समूहको हात रहेको जनाएको छ । मृत्यु भएका जवानहरु सो क्षेत्रमा आतंककारी कार्यमा संलग्नहका विरुद्धमा चलाइएको अभियानमा तैनाथ रहेको बेला उनीहरुको ज्यान गएको हो  ।

आक्रमणमा एक जना जवान गम्भीर घाइते भएको र उनको उपचार रजौरीस्थित सैनिक अस्पतालमा भइरहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ९ : २७ बजे

बुटवलमा ‘डी-म्याक्स डिजिटल बी-टु-सी समिट’ सुरु, प्रविधि प्रदर्शनीमा बढ्दो आकर्षण

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा ‘डी-म्याक्स

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले

निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ