३० भदौ २०८३, मंगलबार | September 15, 2026

एसिसी प्रिमियर कप क्रिकेट : साउदी अरेवीया र कुवेत विजयी



काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा साउदी अरेवीया र कुवेत विजयी भएका छन् । साउदी अरेवीयाले कतारलाई सात विकेटले तथा कुवेतले बहराइनलाई दुई विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित ५० ओभरको खेलमा ४९ दशमलव पाँच ओभर खेल्दै सवै विकेट गुमाएर दुई सय १६ रन बनायो । दुई सय १७ रनको लक्ष्य साउदी अरेवीयाले ३४ दशमलव दुई ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । साउदीका लागि अब्दुल वाहिदले शतकीय पारी खेले । उनले एक सय आड बलमा एक सय २४ रन बनाए । यस्तै वकार उल हसनले ५५ तथा हिसम शेखले अविजित २१ रन बनाए । बलिङतर्फ कतारका लागि इक्रमुल्लाह खानले दुई तथा खुरम शाहजादले एक विकेट लिए ।

यसअघि ब्याटिङ गर्दै कतारका लागि मोहमद तनवीरले ४६, कमरान खानले ३६, इमाल लियाङ्गेले ३१ तथा मोहमद रिजलानले २८ रन बनाए । बलिङतर्फ साउदीका इश्तियाक अहमदले चार तथा अतिफ उर रहमान, जैन उल अवीदिन र अहमद बलादर्फले दुई दुई विकेट लिए ।

यसैगरी मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा टस हारेर बहराइनले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ५५ रन बनायो । दुई सय ५६ रनको लक्ष्य कुवेतले ४४ दशमलव दुई ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । कुवेतका लागि यासिन पटेलले अविजित ६३, अदनान इद्रिसले ५६ तथा मित भावसरले ५४ रन बनाए । बलिङतर्फ बहराइनका लागि अब्दुल मजिदले तीन विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा बहराइनका लागि इमरान अनवरले ५३ तथा फैज अहमदले ४८ रन बनाए । बलिङतर्फ कुवेतका लागि सैयद मोनिवले चार विकेट लिए ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ५ : १८ बजे

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा