२ चैत्र २०८२, सोमबार | March 16, 2026

बारा-२ मा शान्तिपूर्ण रूपमा मतदान



बारा । बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मंसिर ४ गते सम्पन्न चुनावबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचनमा एक लाख पाँच हजार दुई सय ४८ मतदाता सहभागी हुँदैछन् । जसमा ५८ हजार ९ सय ३४ पुरुष र ४६ हजार ३१४ महिला मतदाता छन् ।

यस क्षेत्रमा ८२ मतदान स्थल छ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले शान्तिपूर्ण रूपमा मतदान भइरहेको र बिहान देखिनै मतदाताको उपस्थिति उल्लेख्य र उत्साहजनक रहेको जानकारी दिएका छन् ।

निर्वाचनका लागि मुख्य राजमार्गबाहेक अन्य सडकमा सवारी आवागमनमा रोक लगाइएको छ भने भारतसंग जोडिएको सिमा नाका बन्द गरिएको छ । निर्वाचनको सुरक्षामा दुई हजार ५०० भन्दा बढी सुरक्षाकर्मी खटिएका छन् ।

यस निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जसपाबाट उपेन्द्र यादव, जनमतबाट शिवचन्द्र कुश्वाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, आम जनता पार्टीबाट अरुण ज्ञवालीलगायतले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १२ : ४३ बजे

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५