२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

नेपालगन्ज रङ्गशालाको भाडादर पुनःविचार गर्ने सदस्य सचिव घिसिङको प्रतिबद्धता



नेपालगन्ज । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बाँकेको नेपालगञ्ज रङ्गशालामा प्रस्तावित भाडादरका विषयमा पुनःविचारका लागि प्रस्ताव राख्ने बताएका छन् ।

आज नेपालगञ्ज रङ्गशाला एथ्लेटिक्स सेन्थेटिक ट्रयाक शिलन्यासमा उनले रङ्गशालाको परिचालन र व्यवस्थापन दुवै पक्षलाई मिलाएर लैजान आवश्यक भएको बताउँदै परिषद् बैठकमा भाडादरका विषयमा आफूले पुनःविचारका लागि प्रस्ताव राख्ने बताए ।

नेपालगञ्जमा रहेको रङ्गशालामा खेल अभ्यासका लागि मात्रै पनि तोकिएको भाडादर नै चर्को भएको प्रसङ्गमा उनले कुनै पनि ठाउँको रङ्गशालालाई निःशुल्क रुपमा प्रयोग गर्न नपाइने स्पष्ट पारे ।

उनले भने “धेरै लगानीमा रङ्गशाला निर्माण गरिएको हुन्छ । रङ्गशालामा लगाइएको घाँस, पानी लगायतका विषय सुरक्षाका दृष्टिकोणबाट ध्यान दिन आवश्यक हुन्छ । तर रङ्गशाला प्रयोगका लागि चर्को भाडाको विषयमा पुनःविचारको प्रस्तावलाई मैले परिषद्मा पेस गर्नेछु ।”

सेन्थेटिक ट्र्याक निमार्णका लागि राखेपले प्रतिक्षा कन्ट्रक्सन प्रालिलाई जिम्मा दिएको छ । रु ११ करोड ६४ लाख ६४ हजार एक सय ४० लागतमा निर्माण हुन गइरहेको उक्त सेन्थेटिक ट्र्याक १० महिनामा सम्पन्न हुने राखेप सदस्य सचिव घिसिङले जानकारी दिए । खेल र खेलाडी दुवैलाई जोगाइ राख्नका लागि खेलकुद विकास समितिले न्यूनतम भाडा लिनुपर्ने उनले बताए ।

नेपालगञ्ज रङ्गशालाभित्रका संरचना प्रयोगविहीन बनिरहेको प्रसङ्गमा राखेप सदस्य सचिव घिसिङले स्थानीयस्तर र प्रादेशिकस्तरको खेलकुदका कार्यक्रम आयोजना लागि आफूले प्रदेश खेलकुद परिषदलाई आग्रह गर्ने प्रतिबद्धता जनाए । यसका साथै उनले केन्द्रीयस्तरका प्रमुख खेललाई पनि नेपालगञ्जको रङ्गशालामा खेलाइनका लागि आफूले प्रयास गर्ने बताए ।

लुम्बिनी प्रदेशका खेलाडी हरेक खेलमा अब्बल रहेको बताउँदै उनले खेल क्षेत्रमा लुम्बिनी प्रदेशले इतिहास रचेको पनि बताए । एथ्लेटिक्स खेलका लागि लुम्बिनी एउटा उर्वरभूमि भएको बताउँदै राखेप सदस्य सचिव घिसिङले यस प्रदेशमा अन्तर्राष्ट्रियस्तरको खेल खेलाउन सकिने सम्भावना रहेको पनि बताए ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ४ : २७ बजे

ढुङ्गामा हात्तीको आकृति

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै

आजदेखि मातातीर्थ मेला सुरु

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।