३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

रोहिणीको बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान



भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले रोहिणी-३ स्थित बैकुण्ठपुर चोकमा हाईमास्ट सडक बत्ती (लाइट) जडान गरेको छ । यात्रु तथा स्थानीयबासीलाई रातीको समयमा यात्रा गर्न तथा चोक वरपर उज्यालो राख्न हाईमास्ट लाइट जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

सडक बत्तीमार्फत ‘उज्यालो रोहिणी’ गाउँपालिका बनाउने अभियानमा रहेको अध्यक्ष यादवले बताए । यसअघि रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा हाईमास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । ‘मुख्य चोकहरुमा सडक बत्ती जडान हुँदा यात्रु तथा स्थानीयबासीलाई सहज हुने, सडक दुर्घटना तथा अन्य घटना न्यूनीकरणमा समेत सहयोग पुग्नेमा विश्वस्त छौं,’ उनले भने ।

हाईमास्ट सडक बत्ती जडान भइसकेपछि स्थानीयबासी हर्षित भएको रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खाँले बताए । भैरहवा-परासी सडकखण्ड अन्तर्गत बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । यो हाईमास्टको क्षमता ४ सय वाट रहेको छ ।

हाईमास्ट सडक बत्ती (लाइट) को आइतबार एक कार्यक्रमकाबीच रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव र वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खाँले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ३ : ०२ बजे

विश्वकप फुटबल : बराबरीमा टुंगियो ब्राजिल र मोरक्कोको खेल

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘सी’ को

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ । लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र