३२ असार २०८३, बिहिबार | July 16, 2026

फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट जोगियो, एक इन्जिनको सहायतामा जहाज गन्तब्यतर्फ



काठमाडौँ । फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट जोगिएको छ । सोमबार राति एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरणको तयारी गरिएको थियो ।

एउटा इन्जिन फेल भएपनि अर्को इन्जिनको अवस्था ठिक भएको भन्दै केहीबेर आकाशमै होल्ड गरेर जहाज गन्तव्यतर्फ लागेको बताइएको छ। त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६ भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो ।

असामान्य अवस्थाको जहाजले आकासमा केहीबेर फन्को लगाएको थियो । विमानस्थलमा आस्मिक अवतरणका सबै उपाय तयारी अवस्थामा राखिएपनि अवतरण गराउन नपरेको विमानस्थल स्रोतले जनाएको छ । पाइलटले अर्केो इन्जिन ठीक रहेकाले जहाजलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिइएको बताइएको छ ।

प्राविधिक समस्या देखिएको सो जहाजमा १६९ जना यात्रु रहेका छन् । जसमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १० : १६ बजे

सांसदले पाउने भए फेरि स्वकीय सचिवको सुविधा

काठमाडौं । सरकारले संघीय संसद्का सदस्यहरूले पुनः स्वकीय सचिव राख्न

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह

काठमाडौं । उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा

बुटवलतर्फ गइरहेको माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात जना घाइते

भैरहवा । सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा

सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगका सबै काम स्थगित

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग,