६ माघ २०८२, मंगलबार | January 20, 2026

चितवन-२ मा लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि



चितवन । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् ।

अहिलेसम्म ५६ हजार ५०७ मत गणना भएको छ । त्यसमध्ये रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ४५८ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् ।

रवि लामिछाने जितनारायणभन्दा ३२ हजार ६११ मत अन्तरले र रामप्रसाद भन्दा ३२ हजार ८०२ मत अन्तरले अगाडि रहेका छन् छन् ।

भरतपुर महानगरपालिकाका क्षेत्र नं २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । हालसम्म आठ सय ७० मत बदर भएको छ । उनका अनुसार कालिका नगरपालिकाको मतगणना सुरु भएको छ ।

 

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ७ : १३ बजे

जोमसोमका पानीघट्ट स्तरोन्नति

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका-४ जोमसोममा वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेको

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसले नैनसिंह महरलाई बनायो उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी

मनोनयनको दिनलाई ओलीको सन्देश- ‘भत्किएका सपना आजबाट फेरि जगाउँदै सुन्दर भविष्यको यात्रा सुरु’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

एमालेले पाल्पा-२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा